बारामा मोटरसाइकल र जिप ठोक्किँदा २ जनाको मृत्यु

कर्णाली अनलाइन १३ माघ २०७८, बिहीबार ०६:१०

काठमाडौं । बाराको कलैया उपमहानगरपालिका–२५ मा हिजो बेलुकी जिपको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।

मोटरसाइकलमा सवार कलैया उपमहानगरपालिका ५ का ४० वर्षीय नरेश साह र ५५ वर्षीय सितल साहको मृत्यु भएको हो।

गम्भीर घाइते भएका उनीहरुको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बारा प्रहरीले जनाएको छ।

कलैयाबाट वीरगञ्जतर्फ जाँदै गरेको भारतीय नम्बरको जिपले विपरित दिशाबाट आउँदै गरेको साहद्वय सवार ना ८ प ८८ ६३ नम्बरको मोटरसाइकललाई हिजो बेलुकी साढे ८ बजे ठक्कर दिएको हो।

जिप चालक फरार भएकोले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज दोस्रो सेमिफाइनल खेल हुँदै

१३ माघ २०७८, बिहीबार ०६:१०
काठमाण्डाै । आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज दोस्रो सेमिफाइनल खेल  । पोखरा रंगशालामा हुने दोस्रो सेमिफाइनलमा मनाङ मर्स्याङ्दी  क्लब र त्रिभुवन आर्मी क्लब खेल्दैछन् । खेल दिउँसो साढे दुई बजे हुनेछ । आजको विजेता टोली फाइनलमा पुग्नेछ । मनाङले नेपाल पुलिस क्लबलाई हराएर र आर्मीले थ्रीस्टार क्लबलाई पराजित गरी […]