सर्लाही सदरमुकाम मलंगवामा गोली प्रहार गरी एक पुरुपको हत्या

कर्णाली अनलाइन २३ चैत्र २०७८, बुधबार १६:३२

सर्लाही।सर्लाही सदरमुकाम मलंगवामा गोली लागेर एक पुरुपको हत्या गरिएको छ । बुधबार साँझ मलंगवा नगरपालिका ९ कृष्णामती विद्यालय पछाडि गोली चलेको हो ।लगतै घटनास्थल पुगेको प्रहरी टोलीले एक पुरुषको घाइते अवस्थामा उद्धार गरेको थियो ।

गोली लागेर गम्भीर घाइते भएका भारतको सोनबर्सास्थित विष्णुपुर नगरनिगमका ३५ वर्षिय इन्दल महतोको मलंगवास्थित अस्पतालमा मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक प्रविण पोखरेलका अनुसार मोटरसाइकलमा आएका व्यक्तिले महतोमाथि गोली प्रहार गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सत्य तथ्य र तटस्थ सूचना प्रभावहमा जोडदिन अध्यक्ष बस्नेतको आग्रह

२३ चैत्र २०७८, बुधबार १६:३२
सुर्खेत । तटस्थ भएर सत्य तथ्य सूचना प्रभावहमा आफूलाई समाहित गर्न नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले आग्रह गरेका छन् । मंगलवारदेखि सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण कार्यक्रमको समापनमा बोल्दै बस्नेतले यस्तो बताएका हुन् । पत्रकार समाजको ऐना भएका कारण पनि सत्यलाई आत्मसाथ गर्दै अगाडि बढ्नुको विकल्पन नभएको उल्लेख […]