‘कमजोर हुदैँ बारको आन्दोलन, सहभागी वकिलको संख्या क्रमिक कम

कर्णाली अनलाइन ७ मंसिर २०७८, मंगलवार ०६:३९

काठमाडौँ ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कालोपट्टी बाँधेर धर्नासहित प्रदर्शनमा सहभागी हुने वकिलहरुको संख्या निकै कम हुँदै गएको छ ।प्रदर्शनमा सहभागीको संख्या घट्दै गए पनि नेपाल बार एसोसिएसनले आन्दोलन भने जारी राखेको छ।

मंगलबार पनि वकिलहरु कालोपट्टी बाँधेर बार कार्यालयबाट नाराबाजीसहित सर्वोच्च अदालत परिसरमा गएर धर्नामा बसेका छन् । तर दिनानुदिन सहभागी वकिलको संख्या कम देखिएको छ ।आन्दोलनकारी न्यायाधीशहरु प्रधानन्यायाधीशसँग सहमति गरेर काममा फर्किएपछि बारको आन्दोलन कमजोर बन्दै गएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘एमाले वरिष्ठ उपाध्यक्षमा सुवास नेम्वाङले दावी गर्ने’

७ मंसिर २०७८, मंगलवार ०६:३९
काठमाडौं। नेकपा एमाले स्थायी समिति सदस्य सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन्। वरिष्ठ उपाध्यक्षका लागि उनले आफू निकटसँग परामर्शसमेत थालेका छन्। सर्वसम्मत रूपमा नेतृत्व चयन नभए वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी दिने नेम्वाङको तयारी छ। यद्यपि आफू सर्वसहमतिको पक्षमा रहेको नेम्वाङले बताए। ‘मैले भनेको सर्वसहमति हो। अहिले पनि […]