अविरल बर्षासँगै खसेको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

कर्णाली अनलाइन १ आश्विन २०७९, शनिबार ०८:०७

सुर्खेत । अविरल बर्षासँगै खसेको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको बड्डीचौर–तल्लोडुंगेश्वर सडक खण्डको कल्यानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी सुरज कार्कीले जानकारी दिए । उनकाअनुसार अवरुद्ध सडक खुलाउन डोजर पठाइएको छ ।

यता, सुर्खेत दैलेख सडक खण्डको गोठीकाँडामा खसेको पहिरोका कारण ठूला सवारी साधन अवरुद्ध बनेका छन् । ठूलो ढुंगा सडकमा खसेपछि साना सवारी बाहेक ठूला सवारी सञ्चालनमा कठिनाइ रहेको प्रवक्ता कार्कीले बताए । ढुंगा हटाउन सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अछाममा भीषण पहिराे: १४ जनाकाे मृत्यु, ६ बेपत्ता

१ आश्विन २०७९, शनिबार ०८:०७
अछाम । अछाममा अविरल वर्षापछि गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १२ पुगेको छ। अछामको कमलबजार नगरपालिका वडा नम्बर ६, वडा नम्बर ८, ढकारी गाउँपालिका–६ र तुर्माखाँद गाउँपालिका ६ मा पहिरोमा परेर मृत्यु हुनेको संख्या १२ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए। उनका अनुसार अझै ११ जना बेपत्ता […]