डोटीमा एक जना मजदुर मृत फेला

कर्णाली अनलाइन ३० आश्विन २०८१, बुधबार २०:२७

डोटी। डोटीमा एक जना मजदुर मृत फेला परेका छन्। अर्घखाँची सितगंगा नगरपालिका-८ घर भएका वर्ष ४५ का गोपाल रेग्मी मृत अवस्थामा फेला परेका प्रहरीले जानकारी दिएको छ।

बुधबार बेलुकी करिब ५ बजेतिर उनी बस्ने क्याम्पभित्र मृत अवस्थामा फेला परेका हुन्। दुदिला कन्सट्रक्सनमा ज्याला मजदुरी काम गर्दै आएका उनी डोटीको के.आई.सिंह गाउँपालिका वडा नम्बर २ तिखात्तरमा सडक निर्माणमा काम गर्दै आइरहेका थिए।

सोही ठाउँमा बस्ने क्याम्पभित्र मृत अवस्थामा रहेको भनि खबर प्राप्तपश्चात् प्रहरी टोली खटिएको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

४ प्रदेशमा आज हल्का वर्षाको सम्भावना,कुन कुन प्रदेशमा छ वर्षाको सम्भावना?

३० आश्विन २०८१, बुधबार २०:२७
सुर्खेत।हाल देशभर पश्चिमी वायुको आंशिक प्रभावका साथै कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा स्थानीय वायुको पनि आंशिक प्रभाव छ। जसको प्रभावस्वरुप यतिबेला (बिहीबार बिहान) मधेस र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। […]