डोल्पाको सदरमुकाम दुनैस्थित शान्तिटोलमा बाढीपहिरोले २४ परिवार विस्थापित

कर्णाली अनलाइन २८ असार २०७९, मंगलवार ११:०५

सुर्खेत । डोल्पाको ठुलिभेरी नगरपाालिका–३ का २४ घरधुरी बाढीका कारण विस्थापित भएका छन् । सदरमुकाम दुनैस्थित शान्तिटोलमा बाढीपहिरोले २४ परिवार विस्थापित भएका हुन्।ठूलीभेरी नगरपालिका–३ शान्तिटोलमा अचानक आएको   बाढीपहिरोले   नन्नाकुमारी   विकको   एकतले कच्ची घरलाई पूर्ण रूपमा क्षति पुर्‍याएको छ ।

धनबहादुर घर्ती, झुमा विक, उर्मिला विश्वकर्मा, मोतिलाल  रोकाया,  मानबहादुर  रोकायाको  घर  र  खेतबारी बगाएको छ ।यस्तै कर्णबहादुर रोकाया, मायादेवी बुढा, हस्त विक, पदम रोकाय, तिउली विकको घर र खेतबारी पनि बगेको प्रहरी नायब उपरीक्षक निरञ्जन थापाले जानकारी दिए। उनका अनुसार २४ जनाको घर खेत, अन्नपानी, लत्ताकपडा, सुनचाँदीसमेत गरी करिब एक करोड ५० लाख बराबरको क्षति भएको छ ।

भेरी नदीको कटानका कारण दुनै बजार जोखिममा पर्दै आएको छ। यसअघि बनाइएका संरचना दिगो नहुँदा स्थानीय बासिन्दा मारमा परेका छन्। थाहा


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै

२८ असार २०७९, मंगलवार ११:०५
काठमाण्डाै । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्ती आज बुधवार विभिन्न कार्यक्रम गरी मनाइँदै छ । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषा–भाषी धेरै रहेका ठाउँमा पनि मनाइन्छ । आज काठमाण्डाैकाे रानीपोखरी अगाडि रहेको भानुभक्तको प्रतिमामा माल्यार्पण र नगर प्रभातफेरी गर्ने कार्यक्रम रहेको छ । संस्कृत भाषामा लेखिएको […]

सम्बन्धित शीर्षक