टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार भन्दा बढी

कर्णाली अनलाइन २५ माघ २०७९, बुधबार २१:५१

।टर्कीको विपद्सम्बन्धी निकायका अनुसार त्यहाँ ज्यान गुमाउनेहरूको सङ्ख्या ८,५७४ पुगेको छ।सिरियामा मृतकको सङ्ख्या पुष्टि गर्न कठिन भइरहेको छ तर त्यहाँ २२६२ जनाको मृत्यु भएको सरकारी सञ्चारमाध्यम र सहायता संस्थाहरूले जनाएका छन्।

सहायता संस्थाहरूले भग्नावशेषमा पुरिएका व्यक्तिहरूलाई जीवितै भेटाउने सम्भावना कम हुँदै गएको बताइरहेका छन्।मृतकको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी दिइएको छ।

अत्यधिक चिसोका बाबजुद रातको समयमा समेत खोजी प्रयासहरू जारी रहँदा भग्नावशेषमुनि बाँचेकाहरूलाई भेट्ने समय कम हुँदै गएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले पाएनन् विश्वासको मत

२५ माघ २०७९, बुधबार २१:५१
कैलाली।सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावल प्रदेशसभामा विश्वासको मत पाउन असफल भएका छन्।बिहीबार मुख्यमन्त्री रावलले आफूलाई प्रदेशसभामा विश्वासको मत छ भनेर राखेको प्रस्ताव बहुमतले अस्वीकृत भएको हो। यससँगै मुख्यमन्त्री रावल पदमुक्त भएका छन्। सुदूरपश्चिम प्रदेशसभामा ७ सांसदसहित निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टी आजको बैठकमा सहभागी भएको थिएन। उसले आफ्ना माग पूरा […]