१५ वर्षकी बिरामी विद्यार्थीलाई बलात्कार गरेको आरोपमा प्रिन्सिपल पक्राउ

कर्णाली अनलाइन १२ जेष्ठ २०७९, बिहीबार ११:५७

काठमाडौँ । बलात्कार आरोपी इटहरीको ब्लूमिङ लोटस इंग्लिस स्कुलका तत्कालीन प्रिन्सिपललाई प्रहरीले पक्राउ गरेको छ। २०७४ सालमा १५ वर्षकी विद्यार्थीलाई बलात्कार गरेको आरोपमा इटहरीको ब्लुमिङ लोटस इङ्ग्लिस स्कुलका प्रिन्सिपल राजकुमार खड्कालाई प्रहरीले पक्राउ गरेको हो । ३६ वर्षका राज खड्का भन्ने राजकुमार खड्काले आफ्नै स्कुलमा पढ्ने बिरामी भएकी १५ वर्षकी छात्रालाई घुमाउने र औषधि उपचारसमेत गरिदिने भनेर धरानको एक गेस्ट हाउसमा लगेर बलात्कार गरेको उजुरीमा उल्लेख छ ।

तत्कालीन प्रिन्सिपल राजकुमार खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको सीआईबीका एसपी कमल थापाले जानकारी दिए। उनका अनुसार काठमाडौँको त्रिपुरेश्वरबाट प्रहरीले खड्कालाई पक्राउ गरेको हो ।

।युवतीले आफूमाथि इटहरीको ब्लूमिङ लोटस इंग्लिस स्कुलका तत्कालीन प्रिन्सिपलले नै बलात्कार गरेको भन्दै सामाजिक सञ्जालमार्फत घटना सावजनिक गरेकी थिइन्।विद्यालयको होस्टलमा बसेर कक्षा ९ मा अध्ययन गरिरहेकी ती विद्यार्थीलाई तत्कालीन प्रिन्सिपलले  बलात्कार गरेको पीडितले बताएकी थिइन्। बलात्कारपछि विद्यालयबाट निस्काशन गरीदिने धम्की दिँदै लगातार दुई वर्षसम्म बलात्कार गरेको युवतीले दाबी गरेकी थिइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘काठमाडौँलाई विश्वकै नमुना सहर बनाउँछु’नवनिर्वाचित मेयर बालेन शाह

१२ जेष्ठ २०७९, बिहीबार ११:५७
काठमाडौँ।काठमाडौँ महानगरपालिकामा विजयी भएपछि बालेन शाहले राष्ट्रिय सभादेखी तीनकुनेसम्मको क्षेत्रफलमा धन्यवाद रयाली सुरू गरेका छन्।राष्ट्रियसभावाट सुरू भएको मतदातालाई धन्यवाद रयालीमा उनका समर्थकहरुले सहभागीता जनाएका छन्। नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहलाई पराजित गर्दै बालेनले मुलुकको राजधानी रहेको सहर काठमाडौँमा विजयी हासिल गरेका हुन्।धन्यवाद जुलुस अघिको प्रारम्भिक प्रतिक्रियामा […]

सम्बन्धित शीर्षक