स्वतन्त्र उम्मेदवार बमलाई पलाँतामा भब्य स्वागत (फोटो फिचर)

कर्णाली अनलाइन २८ आश्विन २०७९, शुक्रबार २०:५७

कालिकोट।जिल्लाको पलाँता गाउँपालिकामा प्रदेश सभा निर्वाचन क्षेत्र २ ख का स्वतन्त्र उम्मेदवारी दर्ता गरेका युवा नेता लक्ष्मणबहादुर वम (पलाँतीकान्छा) लाई आज आफ्नो गृह पालिका पलाँतामा भव्य स्वागत गरेका छन । आफ्नो गृह गाउँपालिका समेत रहेको पलाँतामा पुग्दा उहाँलाई स्थानीय जिम्मेवार नेता, कार्यकर्ता, बुद्धिजीवी र सर्वसाधारण शुभेच्छुकहरुले भव्य स्वागत गरेका छन ।

पलाँता गाउँपालिकाका पुर्व अध्यक्ष समेत रहेका बमको स्वतन्त्र उम्मेदवारीबाट पनि चुनावी परिणाम सकरात्मक आउन सक्ने विश्वाससहित उत्साहका साथ बाजागाजा बजाएर र्याली निकालेर स्वागत गरिएको छ ।

गएको हप्ता परेको अविरल वर्षाद्धारा क्षतविच्छत भएको कर्णाली करिडोरको सडकमा सदरमुकामदेखि पैदल यात्रा गरेर पलाँता गाउँपालिका पुग्दा स्थानीयले बाजागाजा सहित धामीझाँक्रीहरुले टाउकोमा हात ठोकेर आशिष दिदै बमले निर्वाचन जित्ने दाबी गरेको बताइएको छ । पलाँतालाई भोट बैंक बनाउने बाहेक अवसरमा पछाडि पार्ने काम मात्रै भैरहेकोमा यसपटक आफ्नै ठाउँको नेतृत्व जन्मिएको भन्दैँ उत्साहित भएका छन। उम्मेदवार बमले भने प्रदेश निर्वाचन क्षेत्रका सबै पालिकाहरुमा आफुलाई त्यस्तै स्वागत र चुनावमा भारी मत मार्फत सहयोग पुग्ने नेता बमको भनाइ छ ।

जिल्लाको क्षेत्र नं। २ (ख) मा रहेको कर्णाली करिडोरलाई खुलाउन ठेकदारलाई भनी भोलि देखि काम गर्न पहल गर्नु भएको छ । आफुले करिडोमा रहेको पहिरो पन्छाउनको लागि आर्थिक तथा भौतिक सहयोग गर्न आचार संहिताले रोकेकोमा दुखि भएको समेत बताएका छन् । अव यस क्षेत्रका नागरिकको दुखमा सधै नोकर बनेर सहज बनाउने बमले बताए । म भोट माग्नलाई मात्र होईन जनताको दुखमा साथ दिनलाई उम्मेद्वार बनेको उनको भनाई छ ।अवको कालिकोटको क्षेत्र नं. २ (ख) मा स्वतन्त्र उम्मेदवार बमको खाँचो रहेको सम्पुर्ण नागरिकको भनाई छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नवौँ राष्ट्रिय खेलकुदको बिहीबार भव्य समापन हुँदै

२८ आश्विन २०७९, शुक्रबार २०:५७
पाेखरा।गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता बिहीबार समापन हुँदैछ।आयोजक राष्ट्रिय खेलकुद परिषद्का अनुसार आज दिउँसाे २ः३० बजेपछि पोखरा रङ्गशालामा भव्य कार्यक्रमसहित नवौँको बिदाइ गरिनेछ। समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, गण्डकी प्रदेशका मुख्मन्त्री कृष्णचन्द्र नेपाली पोखरेललगायतका विशिष्ट व्यक्ति सहभागी हुने जनाइएको […]