मोठरसाइकको ठक्करबाट बालिका गम्भीर घाइते

कर्णाली अनलाइन २४ चैत्र २०७८, बिहीबार १०:३८

सुर्खेत । सुर्खेतको पश्चिममा पर्ने पञ्चपुरी नगरपालिको बाबियाचौरमा मोटरसाइकले बालिककालाई ठक्कर दिएको छ । बिहीबार मोटरसाइकले बालिकालाई ठक्कर दिँदा गम्भीर घाइते भएकी छिन् ।

ईलाका प्रहरी कार्यालय बाबियाचौरका अनुसार बिहीबार दिउँसो १२ : ५० बजेको समयमा मोटरसाइकले ठक्कर दिएको हो । ठक्करबाट पञ्चपुरी नगरपालिका–४ बरईचेकी ४ वर्षीय बालिका दिक्षा अधिकारी गम्भीर घाइते भएकी हुन् ।

प्रहरीका अनुसार पञ्पुरी नगरपालिका–२ पलैटे बजारबाट बाबियाचौर बजारतर्फ जाँदै गरेको भे ६ प ४१५ नम्बरको मोटरसाइकलले बाटोको छेउमा उभिएकी बालिकालाई ठक्कर दिएको हो ।हाल बालिकाको अवस्था गम्भीर भएकाले उपचारको लागि वीरेन्द्रनगरमा रहेको कर्णाली केयर अस्पताल सुर्खेतमा ल्याएर उपचार भई रहेको प्रहरीको भनाई रहेको छ । प्रहरीले मोटरसाइकल र चालक पञ्चपुरी नगरपालिका–२ का २६ वर्षीय शकंर सिजालीलाई नियन्त्रणमा लिएको जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

फोहोरबाट बिजुली र ग्याँस उत्पादन गरेर फोहोर व्यवस्थापनगर्नसक्छौं : प्रम देउवा

२४ चैत्र २०७८, बिहीबार १०:३८
काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवाले फोहोरबाट बिजुली र ग्यास उत्पादन गर्न सकिने बताएका छन्। बिहीबार विश्व स्वास्थ्य दिवसको अवसर पारेर काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले फोहोरबाट बिजुली र ग्याँस उत्पादन गरेर फोहोर व्यवस्थापन गर्नुपर्ने बताएका हुन्। उनले काठमाडौंमा फोहोर व्यवस्थापनको कुरा अत्यन्त जरुरी भइसकेको पनि बताए। पछिल्लो समय ल्यान्डफिल साइटमा फोहोर विसर्जन गर्न […]