आज यी प्रदेशमा हल्कादेखि भारी वर्षा

कर्णाली अनलाइन १६ आश्विन २०८०, मंगलवार ०७:३५

काठमाडौं ।गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। महाशाखाका अनुसार बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै भारतको दक्षिणपश्चिम बिहार र उत्तर छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘फागुन १ को बिदा तत्काल फिर्ता लिनुस्, नत्र थप कदम चाल्न बाध्य हुन्छौं’-एमालेका अध्यक्ष ओली

१६ आश्विन २०८०, मंगलवार ०७:३५
काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन १ मा बिदा दिने निर्णय तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आउँदो मन्त्रिपरिषद बैठकबाटै बिदाको निर्णय फिर्ता लिन आग्रह गरे। ‘फागुन १ को बिदा मान्य छैन। खाटा बसेको घाउमा किन नुनचुक लगाउने? हिंसा सुरु भएको दिनलाई किन […]