स्थानीय तह निर्वाचन:कालिकोटमा कांग्रेस गठबन्धन नगर्ने मनसायमा

कालिकोट संवाददाता २६ चैत्र २०७८, शनिबार ११:३७

कालिकोट।आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस कालिकोटले गठबन्धन नगर्ने मनासायमा देखिएको छ ।कांगे्रस कालिकोटको विषेश समितिको बैठकले पाँच दल विचको गठबन्धनमा नजाने बरु एक्लै चुनावी मैदानमा जाने निर्णय गरेको छ ।गठबन्धन दलविच बसेको संयुक्त बैठकमा आफनै पार्टीको माग र भागवण्डानै नमिल्ने भएपछि नेपाली कांग्रेस एक्लै चुनावी मैदानमा जानुको विकल्प नरहेको एक कांग्रेस नेताले बताए ।

उक्त बैठकमा सामेल रहेका एक कांग्रेस नेताले भने’ चुुनावी गठबन्धन निकै सकस पुर्ण देखियो। भागबण्डामै रोमलिएका छौँ ,अहिले सम्म सहमति भने भएको छैन ।विशेष समितिले त कसैसगं पनि गठबन्धन नगरी एक्लै चुनावमा जाने निर्णय समेत गरेको छ ।अझै छलफल हुदैँ छ अन्तत गठबन्धनमै जान पनि सकिन्छ उनले भने।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतमा खुल्यो निःशुल्क जिम तथा क्यालेस्थेनिक्स पार्क

२६ चैत्र २०७८, शनिबार ११:३७
सुर्खेत।जिल्लाको वीरेन्द्रनगरमा निःशुल्क खुल्ला जिम तथा क्यालेस्थेनिक्स पार्कको स्थापना भएको छ । वीरेन्द्रनगर नगपालिका–७ मा शनिबार पार्कको स्थापना भएको हो ।वीरेन्द्रनगरका नगरप्रमुख देवकुमार सुवेदीले पार्कको उद्घाटन गरेका छन् । वीरेन्द्रनगर–७ कपासे ब्यारेक नजिक स्थापना गरिएको जिम पार्कको नगरप्रमख सुवेदीले एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् । कर्णाली प्रदेशमै पहिलो पटक स्थापना […]