कञ्चनपुरका दुई पत्रकार पक्राउ

कर्णाली अनलाइन २८ माघ २०८०, आईतवार ०८:४१

कञ्चनपुर।कञ्चनपुरका दुई जना पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पत्रकार पुष्कर भट्ट र ऐश्वर्य कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको नेपाल पत्रकार महासङ्घ कञ्चनपुरका अध्यक्ष माधव धामीले जानकारी दिए।

विद्युतीय कारोबारसम्बन्धी मुद्दामा जिल्ला अदालत कञ्चनपुरबाट पक्राउ अनुमति लिएर प्रहरीले पत्रकारलाई पक्राउ गरेको उनले बताए।

धामीका अनुसार भट्टलाई यसअघि नै नियन्त्रणमा लिएको प्रहरीले पत्रकार कुँवरलाई आज दिउँसो पक्राउ गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी निरीक्षक बिनुकुमारी शाहीलाई लक्षित गरेर केही दिनयता केही सञ्चार माध्यममा समाचार प्रकाशित भइरहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महासचिव पोखरेल सवार स्कार्पियो दुर्घटना,सवार सवैको अवस्था खतरामुत्त

२८ माघ २०८०, आईतवार ०८:४१
दैलेख ।नेकपा एमालेका महासचिव शंकर पोखरेल सवार स्कार्पियो दुर्घटना भएको छ। शनिबार एमाले दैलेख जिल्ला अधिवेशन उद्दघाटन गर्न हिँडेका महासचिव पोखरेल सवार स्कार्पियो दैलेखको डुङ्गेश्वर गाउँपालिका १ को मटेला नजिक दुर्घटनामा परेको हो । पोखरेल सवार भे १ च ३६८ नम्बरको स्कार्पियो जीप साघुरो सडकका कारण दुर्घटनामा परेको जनाइएको छ […]