नेकपा (एकीकृत समाजवादी)को कर्णाली प्रदेश संसदीय दलको नेतामा शाही चयन

कर्णाली अनलाइन १७ कार्तिक २०७८, बुधबार ०८:५७

सुर्खेत।मंगलबार बसेको संसदीय दलको बैठकले नेकपा (एकीकृत समाजवादी)को कर्णाली प्रदेश संसदीय दलको नेतामा चन्द्रबहादुर शाही चयन भएका छन्।शाहीलाई दलको नेतामा चयन गरेको हो। उनी मुगु प्रदेशसभा (क) बाट निर्वाचित सांसद हुन्।

कर्णाली प्रदेशसभामा समाजवादीका तीन सांसद छन्। समाजवादीले प्रदेश सरकारमा तीनवटा मन्त्रालय दाबी गरेको छ। योसँगै अब शाहीले नेतृत्वमा समाजवादी कर्णाली प्रदेश सरकारमा सहभागी हुने पक्कापक्की भएको छ। एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य शाही कर्णाली प्रदेश सहइन्चार्ज समेत रहेका छन्।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मेटमणिको दाबी : घनश्यामहरू एमालेमा अटाउन्नन्

१७ कार्तिक २०७८, बुधबार ०८:५७
रुपन्देही। नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजनपछि एमाले रोजेका १० भाइलाई लखेट्ने काम गरेको आरोप लगाएका छन्। बुधवार भैरहवामा आयोजित पत्रकार भेटघाटमा चौधरीले घनश्याम भुसाल लगायतका नेताहरू बाटो बिराएको बताएका हुन्। चौधरीले उनीहरू पनि छिट्टै एकीकृत समाजवादीमा फर्कन बताए। ‘रनभुल्ल भएर उहाँहरू ओली […]