पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना पुष्टि, ४४ जना संक्रमणमुक्त

कर्णाली अनलाइन २६ चैत्र २०७८, शनिबार १०:५७

काठमाडौँ।नेपालमा पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन्।

शनिबार ४४ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर ६३७ जना सक्रिय संक्रमित रहेका छन्।गत चौबीस घन्टामा २ हजार ५३९ पीसीआर तथा १ हजार ६१६ एन्टिजेन परीक्षण भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आइतवार देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

२६ चैत्र २०७८, शनिबार १०:५७
काठमाडौँ।सरकारले रामनवमीको दिन भोलि देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले सूचना निकालेर भोलि देशभर सार्वजनिक बिदा हुने जनाएको हाे ।मन्त्रिपरिषद्को २४ गते शुक्रबारको बैठकले रामनवमीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सूचनामा उल्लेख छ ।