जाजरकोटमा बस दुर्घटना, पाँच जनाको मृत्यु, २७ घाइते

कर्णाली अनलाइन १२ मंसिर २०७८, आईतवार ०३:३९

सुर्खेत।जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। २७ जना घाइते भएका छन्। नेपालगन्जदेखि राडिबजार जाँदै गरेको रात्रि बस दुर्घटना भएको हो।  को ना ७ ख २७५७ नम्वरको यात्रुवाहक रात्रिबस जाजरकोट भेरी नगरपालिका १३ वराहचौर नजिक दुर्घटना भएको हो।

मृतकहरुको अहिलेसम्म सनाखत नभएको र घाइतेहरुको उपचार जिल्ला अस्पताल जाजरकोटमा भइरहेको प्रहरीले जनाएको छ।बस दुर्घटना कसरी भएको भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको छ। घाइते र मृतकहरु नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका रहेको बताइएको छ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आगोको अगुल्टाले हान्दा बझाङमा एकजनाको मृत्यु

१२ मंसिर २०७८, आईतवार ०३:३९
बझाङ।जयपृथ्वी नगरपालिका–७ ज्वाडाका ४७ वर्षीय पिरु भण्डारीकोे कुटपिटबाट मृत्यु भएको छ। सोही वडाका दीपेन्द्र थापाले कुलीबाँध घाटमा आगो तापिरहेका बेला एकापसमा भनाभन हुँदा भण्डारीलाई आगोको अगुल्टाले हान्दै कुटपिट गरेकाे जनाइएको छ। घाइते भण्डारीलाई शनिबार राति उपचारका लागि जिल्ला अस्पताल ल्याइएको र उपचारका क्रममा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको […]