नेपालगञ्ज नाकामा नौ जनामा कोरोना पुष्टि

कर्णाली अनलाइन १९ पुष २०७८, सोमबार ११:५५

बाँके। नेपालगञ्ज नाकामा एकै दिन नौ जनामा कोरोना पुष्टि भएको छ। कोरोना पुष्टि भएका नौ जना नै भारतबाट आएका व्यक्ति हुन्।नेपालगञ्ज नाकामा रहेको हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीका अनुसार, सोमबार भारतबाट आएका तीन सय ७ जनाको जाँच गर्दा नौ जनामा कोरोना पुष्टि भएको छ। नौ जनामा सात जना पुरुष र दुई जना महिला छन्।

भारतको हरिद्वारबाट आएका कालिकोटका चार जना, दिल्लीबाट आएका दाङका तीन जना, महाराष्ट्र र दिल्लीबाट आएका बाँकेका दुई जनामा कोरोना पुष्टि भएको हो।आइतबार दुई सय जनाको जाँच गर्दा एक जनामा कोरोना पुष्टि भएको थियो । त्यसअघि पुस ७ गते एक जनामा कोरोना पुष्टि भएको थियो । ल्याब टेक्निसियन ज्ञवालीले सोमबार साउनयता नै एकैदिन यतिका धेरै मानिसमा कोरोना देखिएको बताए।

ओमिक्रोन हो कि होइन भन्ने बुझ्नका लागि आइतबार कोरोना देखिएका एकजना र सोमबार कोरोना पुष्टि भएका नौ जना गरी दश जनाको स्याम्पल काठमाडौं पठाउने तयारी भएको ल्याब टेक्निसियन ज्ञवालीले जानकारी दिए । केही दिनयता भारतमा ओमिक्रोन बढेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रियसभा सदस्यको उम्मेदवार मनोनयन दर्ता आज हुँदै

१९ पुष २०७८, सोमबार ११:५५
सुर्खेत।राष्ट्रियसभा सदस्यमा रिक्त पदमा निर्वाचनका लागि मंगलबार उम्मेदवारी मनोनयन दर्ता हुँदैछ ।आगामी माघ १२ गते हुने उक्त निर्वाचनका लागि बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने आयोगका सहायक प्रवक्ता कोमल धमलाले जानकारी दिए । निर्वाचनमा १२ राजनीतिक दलले भाग लिने छन् । आयोगले यही पुस २५ गते […]