बझाङमा जिप दुर्घटना‚ चालकको मृत्यु

कर्णाली अनलाइन ३० चैत्र २०७८, बुधबार ०५:०४

बझाङ ।छविसपाथिभेरा गाउँपालिका-१ भाँडेबजारस्थित किन्द्राल भीरमा जिप दुर्घटना हुँदा चालक ५० वर्षीय जयबहादुर सार्कीको मृत्यु भएको छ।बुधबार बिहान छविसपाथिभेराको बाहुन डाँडाबाट मोरीबगरतर्फ आउँदै गरेको से १ ज ६७६ नम्बरको जिप ४०० मिटर तल सेतीनदीमा खसेको प्रहरीले जनाएको छ। जिपमा चालक मात्र रहेको बताइएको छ।

भीरबाट खसेको ढुंगाले जिपलाई लाग्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी ज्ञानबहादुर विष्टले बताए। जिप चालक सार्की छविसपाथिभेरा-३ बामनडाँडाका रहो विष्टले जानकारी दिए। उनको घटनास्थलमै मृत्यु भएको हो। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेत ल्याउने तयारी भैरहेको डिएसपी विष्टले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेकपा माओवादी केन्द्रको चुनावी प्रचारमा कुलमान घिसिङको पोष्टर

३० चैत्र २०७८, बुधबार ०५:०४
काठमाडौं ।नेकपा माओवादी केन्द्रले स्थानीय निर्वाचनमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङलाई प्रयोग गरेको छ। स्थानीय तह निर्वाचन लक्षित पोष्टरमा माओवादीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित कुलमान र जनार्दन शर्माको तस्वीर प्रयोग गरिएको छ। अध्यक्ष प्रचण्डले सार्वजनकि गरेको चुनावी प्रचार सामग्रीमा अध्याँरोबाट उज्यालोको यात्रा भनेर लेखिएको छ। माओवादीको चुनाव चिह्न सँगै बिजुली बनेको […]