माओवादी केन्द्र प्रदेश १ अध्यक्षमा हर्कबहादुर नेम्बाङ विजयी

कर्णाली अनलाइन ८ पुष २०७८, बिहीबार ०४:४४

मोरङ ।नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्बाङ (मिक्सो) विजयी भएका छन्।बुधबार विराटनगरमा सम्पन्न निर्वाचनमा अध्यक्ष पदका लागि मिक्सोले १६९ मत हासिल गरी विजयी भए। उनका प्रतिस्पर्धी मुक्साहाङ मेन्याङ्बो ६४ मतमा सीमित भए।

निर्वाचन समितिका अनुसार अध्यक्षको मतदानमा ७ मत बदर भएको छ। विजयी पाँचथरका नेम्वाङ अर्थमन्त्री जनार्दन शर्माका प्रमुख स्वकिय सचिव हुन्।त्यसैगरी तीनजना उपाध्यक्षमा देवान चामलिङले १२०, शिवकुमार डाँगीले ११३ र मणिकुमार साम्पाङले १११ हासिल गर्दै विजयी भएका छन्।त्यसैगरी सचिव पदमा मोरङका गणेश उप्रेती (सुशील) ले १४८ मत ल्याएर विजयी भए। उनका प्रतिद्वन्द्वी सिपी कडरियाले ८३ मत ल्याए।

३ जना सहसचिवमा कुमारी राई ११४, ऋषिराम ढुंगाना ९५ र सागर किराँती ७३ ले विजयी भएका छन्। कोषाध्यक्षमा भने ९३ मतका साथ रेवतराज पुरी (गगन) विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी बन्दना झाँगडले ५७ मत प्राप्त गरेको समितिले जनाएको छ।९ जना पदाधिकारीका लागि २९ जनाको उम्मेदवारी परेको समितिले जनाएको छ। निर्वाचनमा २४० जनाले मतदान गरेका थिए। १९ जनाले आफ्नो मत दिएनन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढकालको सरुवा

८ पुष २०७८, बिहीबार ०४:४४
सुर्खेत।जिल्लाको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल सुरुवा भएका छन् । नगरपालिकामा ३२ महिना कार्यकाल पुरा गरेर कोहलपुर नगरपालिकामा सरुवा भएका हुन् । अधिकृत ढकाललाई बुधबार एक कार्यक्रमका विच नगर प्रमुख देवकुमार सुवेदी, उप(प्रमुख मोहनमाया ढकाल, नगरपालिकामा कार्यरत कर्मचारीले विदाइ समेत गरेका छन् ।