पल शाह प्रकरणः थुनछेक बहस जारी, आजै फैसला आउन सक्ने

कर्णाली अनलाइन १० चैत्र २०७८, बिहीबार ११:४१

काठमाडौँ।बलात्कार आरोपमा पक्राउ परेका कलाकार पल शाह र उनका म्यानेजर कृष्णप्रसाद जोशीको बयान सकिएसँगै अहिले थुनछेक बहस चलिरहेको छ।शाहको मंगलबार र जोशीको बुधबार बयान लिने काम सकिएपछि थुनछेक बहस जारी रहेको तनहुँ जिल्ला अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए।

बुधबार पीडित किशोरीतर्फ ९ जना र प्रतिवादीतर्फ ३ जना वकिलले बहस गरेका थिए। बुधबार बहस नसकिएपछि आज पनि जारी रहेको स्रेस्तेदार कुँवरले बताए।स्रोतका अनुसार थुनछेक बहस आज सकिने र फैसला सम्भवतः आजै आउन सक्नेछ। ‘हिजो बाँकी रहेकाहरुको बहस अहिले भइरहेको छ। सम्भवत आजै फैसाला हुन्छ,’ स्रोतले भन्यो।

नाबालिगले आफूलाई करणी गरेको भन्दै फागुन ११ गते तनहुँ प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्। प्रहरीले १८ वर्षभन्दा कम उमेरकी किशोरीलाई करणी गरेको आरोपमा शाहलाई फागुन १५ गते पक्राउ गरेको हो। नाबालिगले गैंडाकोट प्रहरीमा समेत शाहले सुटिङका क्रममा करणी गरेको भनी जाहेरी दर्ता गरेकी थिइन्।

शाहले भने बयानका क्रममा पनि आफूले करणी गरेको स्वीकार गरेका छैनन्। उनका म्यानेजर जोशीले भने घटना मिलाउन सहयोग गरेको स्वीकारेका छन्।करणीको समयमा नाबालिग १६ वर्षभन्दा कम उमेरको रहेको भन्दै सरकारी वकिलको कार्यालयले शाहलाई १२ देखि १४ वर्षसम्म सजाय माग गरेको छ। उनका म्यानेजर जोशीलाई पनि कम्तिमा आधा सजाय माग गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आले भारत प्रस्थान

१० चैत्र २०७८, बिहीबार ११:४१
काठमाडौँ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आज बिहीवार दिउँसो भारतको एक दिने औपचारिक भ्रमणका लागि प्रस्थान गर्नुभएको छ । भारतीय सरकार तथा विङ्स इन्डिया २०२२ ले पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा गर्न लागेको कार्यक्रममा सहभागी हुन उहाँ आज त्यसतर्फ प्रस्थान गर्नुभएको मन्त्री आलेका प्रशासन सहायक भक्तबहादुर आलेले जानकारी दिनुभयो […]