संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आले भारत प्रस्थान

कर्णाली अनलाइन १० चैत्र २०७८, बिहीबार १२:३०

काठमाडौँ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आज बिहीवार दिउँसो भारतको एक दिने औपचारिक भ्रमणका लागि प्रस्थान गर्नुभएको छ । भारतीय सरकार तथा विङ्स इन्डिया २०२२ ले पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा गर्न लागेको कार्यक्रममा सहभागी हुन उहाँ आज त्यसतर्फ प्रस्थान गर्नुभएको मन्त्री आलेका प्रशासन सहायक भक्तबहादुर आलेले जानकारी दिनुभयो ।

भोलि उद्घाटन हुने कार्यक्रममा मन्त्री आलेले नेपालको पर्यटन प्रवद्र्धन थता नागरिक उड्डयनका क्षेत्रमा आफ्ना धारणा राख्नुहुने पर्यटन मन्त्रालयले जनाएको छ ।

मन्त्री आलेले धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा निर्माणका लागि प्रक्रिया सुरु भएकाले त्यस विमानस्थलको उड्डयनको क्षेत्रमा विकास गरी त्यहाँ बढीभन्दा बढी पर्यटक भित्र्याउन तथा भारतसँग सिमाना जोडिएका नेपालका विभिन्न विमानस्थलमा हवाई रुट खोल्नलगायत अन्य आवश्यक पर्ने सहयोगका लागि भारत सरकारसँग आग्रह गर्ने बताइएको छ । कार्यक्रम मार्च २४ देखि २७ सम्म भारतको हैदराबाद सहरमा सञ्चालन हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पल शाहलाई पुर्पक्ष थुनामा पठाउन आदेश

१० चैत्र २०७८, बिहीबार १२:३०
काठमाडौँ।कलाकार पूर्णविक्रम शाह (पल शाह)लाई जबरजस्ती करणी अभियोगमा पुर्पक्ष थुनामा पठाउन तनहुँ जिल्ला अदालतले आदेश दिएको छ।जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले नाबालिकालाई पटक–पटक जबरजस्ती करणी गरेको अभियोगमा पुर्पक्ष थुनामा पठाउन आदेश दिएको हो। शाहले एक नाबालिकालाई तनहुँमा एक रिसोर्टमा २०७७ चैत ७ गते करणी गरेको भन्दै पीडितका आफन्तले किटानी जाहेरी […]