चुनावमा आफु जित्नकै लागि जहाज चार्टरगर्ने जनप्रतिनिधिहरु मतदाता जिल्लाबाहिर फर्किदा बेखवर

हुम्ला संवाददाता ११ जेष्ठ २०७९, बुधबार १२:०६

हुम्ला।राष्ट्रिय सडक सञ्जालमा नजोडिएको एकमात्र जिल्ला हो हुम्ला ,त्यसमा पनि हिमाली जिल्लाको एकमात्र यातायातको साधन हवाइ यातायात रहेको छ। झण्डै चारमहिना देखि निजी एयरलाइन्सले फाट्फुट्ट उडान भर्दै आयता पनि हाल त्यहाँका नागरीकलाई जिल्ला बाहिर जान सास्ती खेप्नु परेको छ ।

गएको वैशाख ३० गते भएको स्थानिय तह निर्वाचनमा आफु जित्नको लागि भोट हाल्न देशका विभिन्न शहरबाट विद्यार्थी तथा अन्य नागरिकलाई जहाज चार्डर गरेर जिल्ला ल्याएपनि अहिले उनिहरुलाई जिल्ला बाहिर जान थप सास्ति खेप्नु परेको छ । प्राय बढी जसो विद्यार्थीहरु मर्कामा परेका छन् । चुनावको समय एक भोटको महत्व लिने उम्मेदवार तथा जनप्रतिनिधिले चुवान पछि बेवास्ता गरेको विद्यार्थीहरुको गुनासो रहेको छ ।

राष्ट्रिय सडक सञ्जालसँग हालसम्म नजोडिएको र अन्तर जिल्ला जोडने एकमात्र  हवाई सेवाभएता पनि निजी एयरलाईन्सहरुले नाफामुखी उडान गर्नाले टिकट पाउन मुस्किल भएको हो । सुर्खेत नेपालगन्जबाट नियमीत उडान गरिरहेका सिता, तारा, समिट एयरलाइन्सले उडान नगर्दा यात्रुलाई टिकट पाउन मुस्किल भएको छ । तारा एयरले एक दिनमा एउटा उडान गरे पनि एयरलाइन्सका हाकीमहरुले कोठाबाटनै टिकट बुक गर्दा पहुँच नभएका जिल्ला बाहिर जाने नागरिक तथा विद्यार्थीलाई समस्या भएको सिमकोट विमान स्थलमा टिकटका लागि भौतारी रहेका विद्यार्थीहरुले गुनासो गर्ने गरेका छन् ।

बुधबार समिट एयरले हुम्लामा दुई फलाईट गरेको छ भने तारा एयरले एक मात्रै उडान गरेको हो । तारा एयरले इसेवाबाट टिकट बुकिङ्ग गर्दा सर्वसाधरण झन समस्यामा परेका छन् ।जिल्लाका अधिकांश विद्यार्थीहरुको परीक्षा समेत छुट्ने सम्भावना रहेको छ । ‘पहुँचवालालाई मात्रै टिकट वितरण हुँदा आफ्नो परीक्षा छुट्ने’ भएको सिमकोट ३ का सन्दिप लामाले बताए । टिकटका लागि दैनिक निजी एयरलाइन्सको कार्यालय धाउँदा टिकट पाउन मुस्किल भएको लामाले गुनासो गरे ,आफु काठमाडौँमा अध्ययन गर्दै आएको र अहिले परीक्षा नजिक आएको भएपनि टिकट पाउन मुस्किल भएको लामाले गुनासो गरे ।

यस्तै १४ गते हुने लोकसेवा आयोगको परीक्षा दिन जाने विद्यार्थीहरु थप मर्कामा परेका छन् । आजसम्म जिल्ला बाहिर उडन् नपाउँदा उनिहरुलाई झन समस्या बनाएको छ । सीता एयरले निकै लामो समयदेखि हुम्लाको उडान ठप्प गरेको छ । भने अन्य जहाजले तीन÷चार दिनको अन्तरमा एउटा उडान गर्ने गरे पनि निजी एयरलाइन्सका कर्मचारीहरुले भनसुनको आधारमा टिकट वितरण गर्दै आउने गरेका छन् ।

विहान ६ बजेदेखि सिमकोट विमानस्थलमा टिकटको लागि लाइन लाग्ने गरे पनि टिकट पाउन मुस्किल भएको छ । जिल्ला बाहिर जान पहुँचवाला र राजनीतिक दलका आसेपासेले मात्रै टिकट पाउने गरेका छन् विहानैदेखि टिकटका लागि विमानस्थलमा धाउने सर्वसाधारणहरुले टिकट नपाएर सास्ती भोग्दै आएका छन् । सिमकोट विमानस्थलमा टिकटका लागि एकाविहानै यात्रुको भीड हुन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

म पुरानै मोटरसाइकल चढेर जनताको सेवा गर्छु: हर्क साम्पाङ

११ जेष्ठ २०७९, बुधबार १२:०६
धरान– ठूला राजनीतिक दल नेकपा (एमाले) र नेपाली कांग्रेसका धरानमा नाम चलेका उम्मेदवारलाई पराजित गर्दै एकाएक स्वतन्त्रबाट प्रमुखमा विजयी भएका हर्कराज राई साम्पाङले उपमहानगरपालिकाको महँङ्गो सवारी साधन प्रयोग नगरी जनताको सेवा गर्ने प्रतिबद्धता जनाएका छन्।उनले जनताको सेवक भएकाले महँगो गाडी नचढ्ने र आफूसँग भएको पुरानो मोटरसाइकल चढेर जनताको सेवा गर्ने […]