उच्च अदालत सुर्खेतमा पर्यटन मन्त्री कार्चेनविरुद्ध मुद्दा दायर

कर्णाली अनलाइन २ फाल्गुन २०७८, सोमबार ११:२०

सुर्खेत। कर्णालीका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री छिरिङ्ग डम्डोल लामा (र्कार्चेन लामा)विरुद्ध मुद्दा दर्ता गरिएको छ । फौजदारी अभियोगमा दोषी ठहरिएका व्यक्तिलाई मन्त्री बनाएको भन्दै उच्च अदालत सुर्खेतमा रिट दायर गरिएको हाे। रिटमा प्रदेश प्रमुखको कार्यालय, कर्णाली सरकार र मन्त्री लामालाई विपक्षी बनाइएको छ । मध्यपश्चिम विश्वविद्यालयकी कानून विद्यार्थी विनिता वोगटीले दर्ता गरेको रिटमा उनको मन्त्री पद खारेजीको माग गरिएको छ ।

नेकपा माओवादी हुम्लाका नेता रहेका कार्चेनलाई ताक्लाकोटको खोच्यारनाथ गुम्बाबाट मूर्ति चोरेको आरोपमा अदालतले २०५१ मंसिर २५ गते दुई वर्ष कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको थियो । रिटमा संविधानको बर्खिलाप हुने गरि कार्चेनलाई मन्त्री बनाइएको जिकिर गरिएको छ । साथै मन्त्रिमण्डललाई समावेशी बनाउनुपर्ने पनि माग गरिएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक सुनारद्धारा सेवाग्राहीमाथी कुटपिट

२ फाल्गुन २०७८, सोमबार ११:२०
दैलेख।जिल्ला प्रहरी कार्यालय दैलेखमा सेवा लिन गएका एक सेवाग्राहीमाथी प्रहरीले मुक्का प्रहार गरेका छन । आइतवार सेवा लिन गएका नारायण नगरपालिका–६ बसपार्कका ओम रेग्मी दैलेखका प्रहरी निरीक्षक इन्द्रजित सुनारबाट कुटिएका हुन् । प्रहरी निरीक्षक सुनारले सेवाग्राही रेग्मीलाई दुव्र्यवहार गरि कुटपिट गरेको भिडियो समेत बाहिरिएको छ । उक्त भिडियोका अनुसार सुनारले […]