जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक सुनारद्धारा सेवाग्राहीमाथी कुटपिट

कर्णाली अनलाइन २ फाल्गुन २०७८, सोमबार १२:०१

दैलेख।जिल्ला प्रहरी कार्यालय दैलेखमा सेवा लिन गएका एक सेवाग्राहीमाथी प्रहरीले मुक्का प्रहार गरेका छन । आइतवार सेवा लिन गएका नारायण नगरपालिका–६ बसपार्कका ओम रेग्मी दैलेखका प्रहरी निरीक्षक इन्द्रजित सुनारबाट कुटिएका हुन् ।

प्रहरी निरीक्षक सुनारले सेवाग्राही रेग्मीलाई दुव्र्यवहार गरि कुटपिट गरेको भिडियो समेत बाहिरिएको छ । उक्त भिडियोका अनुसार सुनारले दादागिरी देखाँउदै आफ्लाई कसैले पनि कानून र कामको बारेमा जानकारी नदिनभन्दै सेवाग्राहीलाई अपशब्द प्रयोग गरेका छन् ।

पीडित रेग्मीका अनुसार प्रहरी निरीक्षक सुनारले प्रहरीले नागरिकलाई दिने’मुस्कानसहितको सेवा’ र ‘प्रहरी मेरो साथी’ भन्ने नाराको बर्खिलाप मुक्का प्रहार गरेको हुन् । रेग्मीले चार महिनाअघि घर अगाडिबाट हराएको मोबाइल खोजीपाऊँ भनेर प्रहरीमा निवेदन दिएको र प्रहरीले चासो नदेखाएपछि आफैँ विभिन्न माध्यमबाट फेला पारेको बताए ।

हराएको मोबाइल खोजीपाऊँ भनेर प्रहरीमा दिएको निवेदनको सुनुवाइ हुनु त परको कुरा हो चार महिना लगाएर मोबाइल आफैँले भेट्टाएपछि प्रहरीलाई जानकारी गराऔँ भेटाउने र हराउने दुवै जनाको साइन गराएर मोबाइल बुझ्छुभन्दा प्रहरी निरीक्षकबाट कुटाई खानुपर्‍यको उनले बताए ।

आफुले हराएको मोबाइल फेला परेपछि प्रहरीमा दिएको निवेदनका आधारमा भेट्टाउने र बुझ्नेको साइन गराएर मात्र मोबाइल बुझ्ने बताए पछि इन्स्पेक्टर सुनारले आफूलाई कानुन नसिकाउन भन्दै अपशब्द बोलेको रेग्मीले बताए ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मन्त्री आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै सचिवालयको आपत्ति

२ फाल्गुन २०७८, सोमबार १२:०१
काठमाडौँ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ । निरन्तररूपमा मन्त्री आले तथा नेकपा (एकीकृत समाजवादी) का नेताहरूविरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरिएको भन्दै पर्यटनमन्त्री आलेका प्रमुख स्वकीयसचिव हेमन्त रेग्मीले विरोध जनाएका छन् । सार्वजनिक पदमा नहुँदाका बखत […]