होटलमा आगलागी हुँदा ३० लाख बरावरको क्षति

कर्णाली अनलाइन २९ माघ २०८०, सोमबार १४:५३

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा रहेको होटेल नमस्ते नेपालमा आगलागी हुँदा ३० लाख बराबरको क्षति भएको छ । आज बिहान खाना पकाउने समयमा ग्याँस लिक भएर लागलागी भएको हो ।

आगलागी हुँदा करिब ३० लाख बराबरको क्षति भएको होटेलका म्यानेजर हेमराज रावतले बताए । आगलागीबाट भान्सामा भएका सामानहरु जलेर नष्ट भएको रावतले बताए ।

आगलागीबाट मानवीय क्षति भने भएको छैन। घटनालगत्तै वीरेन्द्रनगर नगरपालिकाको दमकल, नेपाल प्रहरी, स्थानीयवासीको सहयोगमा आगो निभाइएको प्रहरी उपरीक्षक गोगेन्द्र सिंह थापाले जानकारी दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गृह मन्त्रालय –फागुन १ गते सार्वजनिक बिदा नरहेको सूचना

२९ माघ २०८०, सोमबार १४:५३
काठमाडौँ।गृह मन्त्रालयले फागुन १ गते सार्वजनिक बिदा नरहेको सूचना जारी गरेको छ।सरकारले ‘जनयुद्ध दिवस’ भनेर दिएको बिदा सर्वोच्च अदालतले खारेज गरेपछि गृहमन्त्रालयले पनि बिदा नभएको जानकारी दिएको हो। यसअघि सर्वोच्चले पनि आफ्नो फैसला अनुसार बिदा खारेज भएको सूचना जारी गरेको थियो।