सुर्खेत । नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुन पठाएका तिन मन्त्रीहरुको पद तथा गोपनियताको सपथ आज बुधबार हुने भएको छ ।
मंगलबार दिउँसो बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले यसअघि नेकपा एमालेले सम्हालेका तीन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी कृष्ण कुमार बिसी, खड्ग बहादुर पोखरेल र बेदराज सिंहलाई सरकारमा पठाउने निर्णय गरेको थियो ।
सिंहले आर्थिक मामिला तथा योजना, पोखरेलले सामाजिक विकास र बिसीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएको छ ।