रुसी सेनामा भर्ना हुन पठाएको आरोपमा १२ जना पक्राउ

कर्णाली अनलाइन १९ मंसिर २०८०, मंगलवार २०:५४

काठमाडौँ ।‘भिजिट भिसा’मा नेपालीहरुलाई रुसको सेनामा भर्ना हुन पठाएको आरोपमा काठमाडौँबाट प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा द्रोण डाँगी, दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरि बहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष रोक्का र सन्तोष नेपाल छन् । काठमाडौँको लैनचौर, ठमेल र महाराजगन्ज क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले  बताए ।

उनीहरुले भिजिट भिसामा नेपालीहरुलाई भारतको बाटो हुँदै रुसमा पठाएको र त्यहाँको सेनामा भर्ती हुन सघाएको आरोप छ ।रुसी सेनामा कार्यरत रहँदा हालै ६ जना नेपाली नागरिकहरुको निधन भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ ।

मृत्यु हुनेमा गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रुपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका पितम कार्की, दोलखाका राजकुमार रोका र इलामका गङ्गाराम मोक्तान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयाघात

१९ मंसिर २०८०, मंगलवार २०:५४
काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई  हृदयाघात भएको छ। श्रेष्ठ  छातीमा असहज महशुस भएपछि मंगलबार राति शहीद गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका छन्। उनको ‘लेफ्ट एन्टेरियर डिसेन्डिङ आर्टरी’को एन्जियोप्लास्टी गरिएको हो।  यसअघि करिब ७ साताअघि चीन भ्रमणको क्रममा उनको ‘लेफ्ट सर्कमफ्लेक्स आर्टरी’मा एन्जियोप्लास्टी गरिएको थियो। उनको स्वास्थ अवस्था स्थिर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।