काठमाण्डाै। लिभरपुल एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।वेम्बली मैदानमा हिजो भएको सेमिफाइनलमा म्यानचेस्टर सिटीलाई ३–२ गोलले हराउँदै लिभरपुल उपाधि नजिक पुगेको हो ।
लिभरपुलका साडियो मानेले दुई र इब्राहिमा कोनाटेले एक गोल गरे । सिटीका ज्याक ग्रेलिस र बेर्लेनान्डो सिल्भाले एक/एक गोल फर्काए ।अब लिभरपुलले उपाधिका लागि चेल्सी र क्रिस्टल प्यालेसबीचको विजेतासँग खेल्नेछ । चेल्सी र क्रिस्टल प्यालेसबीचको खेल आज राति सवा नौ बजे वेम्बलीमा हुनेछ ।