छतबाट खसेर वीरेन्द्रनगरमा एक वृद्धाको मृत्यु

कर्णाली अनलाइन १० श्रावण २०७९, मंगलवार १२:३१

सुर्खेत। जिल्लाको वीरेन्द्रनगरमा छतबाट खसेर एकको मृत्यु भएको छ। मंगलबार बिहान वीरेन्द्रनगर–४ का एक वृद्धको मृत्यु भएको हो।आफ्नै एक तला घरको छतबाट खसेर ७५ वर्षीया रातुराम सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीकाअनुसार घरको छतबाट खसी घाइते भएका सिंहको उपचारको क्रममा मृत्यु भएको हो।सिंहकाे शव पाेष्टमार्टमका लागि कर्णाली प्रदेश अस्पताल लगिएकाे छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निर्मला पन्तको बलात्कार पछि हत्या भएको चार वर्ष पुग्याे, दोषी अझै पत्ता लागेन

१० श्रावण २०७९, मंगलवार १२:३१
काठमाडौँ। कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार पछि हत्या भएको चार वर्ष पुगेको छ । तर, हत्या भएको चार वर्षसम्म पनि दोषी पत्ता लाग्न सकेको छैन।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक श्याम चौधरीले घटनाको नयाँ कोणबाट अनुसन्धान भइरहेको बताउनुभयो । अहिले पनि त्यस क्षेत्रका १८/१९ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको प्रहरीले […]