यौन हिंसाविरुद्ध संशोधन गर्ने विधेयकमाथि छलफल जारी

कर्णाली अनलाइन २३ जेष्ठ २०७९, सोमबार ०७:०२

काठमाडौँ।संसदमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि सैद्धान्तिक छलफल भइरहेको छ।प्रतिनिधिसभा बैठकमा जारी छलफलमा सहभागी सांसदहरूले विद्यालयदेखि कार्यक्षेत्रमा यौन हिंसा घटना सार्वजनिक भइरहेकाले कानुन कडा बनाइनुपर्ने बताएका छन्।

हद म्याद राख्नुपर्ने र नपर्ने दुवै पक्षमा सांसदहरुले आ–आफ्नो धारणा राखेका छन्।जति चाँडै उजुरी दियो त्यत्ति चाँडो नै प्रमाण भेटिन र न्याय सम्पादनमा सहज हुने भनिए पनि अहिले ठिक उल्टो भइरहेको भन्दै उनीहरुले शिक्षित र सामान्य व्यक्तिको हकमा हद म्याद राख्नुपर्ने र बालबालिकाको हकमा भने विशेष व्यवस्था गरिनुपर्ने बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुनचाँदी व्यवसायी सुर्खेतकाे अध्यक्षमा विश्वकर्मा

२३ जेष्ठ २०७९, सोमबार ०७:०२
सुर्खेत । नेपाल सुन चाँदी व्यवसायी संघ सुर्खेतको अध्यक्षमा ज्ञानेन्द्रबहादुर विश्वकर्मा विजयी भएका छन् । साेमबार सम्पन्न संघकाे आठौं साधारणसभा तथा पाँचौ जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेकाे हाे । नयाँ नेतृत्वका लागि सहमतिकाे प्रयास असफल भएपछि अन्तत निर्वाचनबाट नयाँ नेतृत्वकाे टुंगाे लागेकाे हाे । प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका […]