सुनचाँदी व्यवसायी सुर्खेतकाे अध्यक्षमा विश्वकर्मा

कर्णाली अनलाइन २३ जेष्ठ २०७९, सोमबार ११:४६

सुर्खेत । नेपाल सुन चाँदी व्यवसायी संघ सुर्खेतको अध्यक्षमा ज्ञानेन्द्रबहादुर विश्वकर्मा विजयी भएका छन् । साेमबार सम्पन्न संघकाे आठौं साधारणसभा तथा पाँचौ जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेकाे हाे ।

नयाँ नेतृत्वका लागि सहमतिकाे प्रयास असफल भएपछि अन्तत निर्वाचनबाट नयाँ नेतृत्वकाे टुंगाे लागेकाे हाे । प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका ज्ञानेन्द्रले ३९ मतान्तरले दिनेश विश्वकर्मालाई हराउँदै विजयी भए । ज्ञानेन्द्रले ११६ मत पाउँदा दिनेशले ७७ मत मात्रै पाएका थिए ।

वरिष्ठ उपाध्यक्षमा लाल बहादुर सुनार (१०९) प्रथम उपाध्यक्षमा ओम बहादुर वि.क. (११२) मत प्राप्त गरी विजयी भएका छन् । निकटम प्रतिद्वन्दी सन्तोषकुमार बराईलीले ८२ र राजकुमार सुनाले ८० मत ल्याए ।

द्धितीय उपाध्यक्षमा तिर्थ सुनार १०१ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी झपेन्द्र गहतराजले ८६ मत प्राप्त गरेका छन् । महासचिव पदमा मोहन सुनार ११२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी शिव सेन्चुरीले ७५ मत प्राप्त गरेका थिए । सचिव पदमा सन्जीव बराल ११४ मत प्राप्त गरी विजयी भएका छन् भन उनका निकटतम् प्रतिस्पर्धी नविन लोहनीलीले ७३ मत प्राप्त गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा प्रहरीको गोली लागेर १८ वर्षीया किशोरीको मृत्यु

२३ जेष्ठ २०७९, सोमबार ११:४६
बर्दिया।जिल्लाको  मधुवन नगरपालिका वडा नम्बर २, सोनाहा गाउँमा बाघको आक्रमणबाट एक जना घाइते भएपछि बाघ नियन्त्रणको माग राखेर गरिएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ। आफ्नै खेतमा काम गरिरहेकी अस्मिता थारुलाई बिहान ९ बजे बाघले आक्रमण गरेको थियो। त्यस क्षेत्रमा बाघले पटक–पटक आक्रमण गरिरहेको छ।बाघको नियन्त्रणको माग […]