भीम रावलले दिए कार्यदलबाट लिखित राजीनामा, पत्रमा के छ ?

कर्णाली अनलाइन १४ कार्तिक २०७८, आईतवार ०५:१७

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे समझदारी कार्यान्वयनका लागि बनाइएको कार्यदलबाट लिखित राजीनामा दिएका छन्। अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै उनले गत कात्तिक १० मै लिखित राजीनामा पेश गरेको बताएका छन्।

एमालेमा उत्पन्न अन्तरविरोध र समसम्या समाधान गर्न १० बुँदे सहमति भएको थियो। १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै थप क्षति हुनबाट रोक्न केन्द्रीय कमिटीको बैठकबाट उक्त सहमितलाई अनुमोदन भएको थियो। साथै अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन-१२ कार्यान्वयनका लागि जारीसमेत गरेका थिए।

‘कार्यदल गठन हुँदा संयोजक नतोकिए पनि यसबारे मैले नै स्थायी कमिटीमा कुरा उठाएपछि म संयोजकमा रहने निर्णय पछि मात्र भएको थियो। एमालेको सिंगो पंक्ति मात्र होइन वामपन्थी क्षेत्र र जनताको समेत चासो रहेको पार्टी एकताको लागि काम गर्नुपर्ने एमालेको कार्यदलबाट मैले राजीनामा किन दिएँ भन्ने कुरा सम्बन्धित सबैले थाहा पाउनु आवश्यक छ,’ उनले भनेका छन्।

राजीनामापत्र पढ्नोस्ः

२०७८ साल कार्तिक ५ गते तुलसिलाल स्मृति प्रतिष्ठान, ललितपुरमा बसेको स्थायी कमिटीको बैठकमा १० बुँदे सहमति र अन्तरपार्टी निर्देशन (अपानि)–१२ को कार्यान्वयनका सम्बन्धमा भएको छलफलका क्रममा मैले सहमतिका लागि गरिएका प्रयत्नहरु तथा १० बुँदे सहमतिको अवस्थाबारे यथार्थ चित्रण गर्दै लिखितरुपमा जानकारी गराएको थिएँ । तत्पश्चात् त्यस विषयमा विचार व्यक्त गर्नुहुने स्थायी कमिटीका सबै नेताहरुले सहमतिको शीघ्र कार्यान्वयन र समस्या समाधानमा जोड दिनुभएको थियो । तर उक्त विषयमा पार्टी अध्यक्षबाट निष्कर्ष प्रस्तुत गर्ने सिलसिलामा स्थायी कमिटीका सदस्यहरुको धारणा र सुझाव तथा विगतका अनेकौं छलफल, सहमति र निर्णयको कार्यान्वयनप्रति सकारात्मक धारणा नराखी १० बुँदे सहमति र अपानि–१२ को औचित्य नै नरहेको अर्थ लाग्ने अभिव्यक्ति दिनुभएकाले त्यसप्रति मैले विमति जनाएको थिएँ । साथै पार्टीले विभाजनको विषम स्थितिको सामना गरिरहेकोले सहमति र निर्णयको सम्मान गर्दै पार्टीलाई एकताबद्ध तुल्याउनुपर्नेमा जोड दिएर आफ्नो फरक मत बैठकमा दर्ज गरेको थिएँ ।

दस बुँदे सहमति र अपानि–१२ को कार्यान्वयनमा उत्पन्न हुनसक्ने समस्याको समाधान गर्न गठित कार्यदलमा भएका छलफल र निर्णयको कतिपय ठाउँमा कार्यान्वयन नभइरहेको बेला पार्टी अध्यक्षबाट नै उक्त प्रकारको निष्कर्ष आएपछि प्रयोजनहीन हुने कार्यदलमा बसिरहनुको कुनै तात्पर्य नहुने महसुश गरी मैले तत्काल स्थायी कमिटीको बैठकमा नै मौखिकरुपमा कार्यदलबाट राजीनामा दिएको घोषणा गर्दै राजीनामाको लिखत अविलम्ब पेश गर्ने जानकारी गराएको थिएँ । सोही अनुरुप निम्नलिखित कारणसहित यो राजीनामा पेश गरेको छु :

१) नेपाल कम्युनिष्ट पार्टीमा विगतका विभाजन र फुटका श्रृंखलाको अन्त्य गर्दै त्यसको पुनरावृत्ति नहुने उद्‍घोषका साथ २०७५ साल जेठ ३ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का बीच भएको एकीकरण षडयन्त्रको भुमरीमा परेर २०७७ साल फागुन २३ गते सर्वोच्च अदालतको फैसलाबाट भंग भएको थियो । पार्टी एकीकरण कायम राख्ने भए १५ दिनभित्र निर्वाचन आयोगमा सम्पर्क गर्न अदालतको फैसलामा भनिए अनुसार के कसो गर्ने भन्नेबारे पार्टीको बैठक नै भएन । विगतका विभाजन र फुटका श्रृखंला पुनः दोहोरिन नदिने बाचा समेत भंग भयो ।

नेकपा (एमाले) पुनःजीवित भएपछि कसरी अगाडि जाने भनी विधिवत् केन्द्रीय कमिटीको बैठक गरी छलफल गरिएको भए के हुन्थ्यो भन्ने कुराको अहिले कल्पना मात्र गर्न सकिन्छ । त्यसो नभई २०७७ साल फागुन २८ गते म लगायत केन्द्रीय कमिटीका सदस्यहरुको ठूलो संख्यालाई कुनै जानकारी नदिई बालुवाटारमा केन्द्रीय कमिटीको बैठक आयोजना भएको र त्यस बैठकबाट नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भंग गरी दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरिएको, पार्टी विधान संशोधन भएकोे र महासचिवबाहेक अरु पदाधिकारीहरूलाई जिम्मेवारीबाट मुक्त गरिएको कुरा बाहिर आयो । ती सबै कार्यहरु पार्टी विधान र नियमावलीसम्मत नभएकाले पुनःजीवित पार्टीमा नौलो किसिमको अन्तरविरोध उत्पन्न भएको अकाट्य सत्य होे । यसको समाधानका लागि चैत्र २ गते धुम्बाराहीमा भएको वार्ता असफल भएपछि पार्टीमा दुई पक्ष हुने दुःखद् अवस्था सिर्जना भयो ।

२) उपर्युक्त स्थितिमा पार्टीमा अन्तरविरोध र संघर्ष चल्नथाल्यो । यस्तो अवस्थाको अन्त्यको लागि पार्टी अध्यक्ष केपी शर्मा ओली र तत्कालिन वरिष्ठ नेता माधवकुमार नेपालका बीच अनेकौं पटक वार्ता भए । अन्ततः २०७८ साल जेठ १ गते दुईजना नेताहरुका बीच भएको वार्ता र सहमति तथा जेठ २ गते प्रधानमन्त्रीको कार्यालय, सिंहदरबारमा पार्टी अध्यक्ष र वरिष्ठ नेतासहित दुबै पक्षका समेत गरी १२ जना नेताहरुका बीच भएको वार्ता पश्चात् समस्या समाधान गर्न स्थायी कमिटीका १० जना नेताहरु सम्मिलित कार्यदल गठन गर्ने निर्णय भयो । दुईजना नेताहरुको बैठकमा माधवकुमार नेपालले ६ बुँदे सहमतिका बुँदा प्रस्तुत गर्नुभएको र पार्टीलाई २०७५ साल जेठ २ गते अगाडिको अवस्थामा सञ्चालन गरी एकताबद्ध भएर जाने सहमति भएको कुरा सार्वजनिक गरिएको थियो । यो निर्णय पार्टी एकताको लागि निश्चय नै महत्वपूर्ण र गम्भीर निर्णय थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

किसानलाई राहत उपलब्ध गराउन किसान महासंघकाे माग

१४ कार्तिक २०७८, आईतवार ०५:१७
काठमाडौं । अखिल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले केही दिन पहिला आएको बाढी, पहिरो र डुबानमा परी अन्नबाली नस्ट भएका किसानलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ । किसान महासंघ क्रान्तिकारीले एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारले राहतको प्याकेज घोषणा गरिसके पनि हालसम्म किसानहरुले सो राहत प्राप्त गर्न वा […]