अमेरिकी प्रशान्त क्षेत्रीय कमाण्ड प्रमुख चार्ल्स फ्लिन आज नेपाल आउँदै

कर्णाली अनलाइन २६ जेष्ठ २०७९, बिहीबार ०२:४७

काठमाडौं।अमेरिकी सेनाको इन्डो प्यासिफिक (प्रशान्त क्षेत्रीय) कमाण्डका कमान्डिङ जनरल चार्ल्स ए फ्लिन आज चार दिने नेपाल भ्रमणमा आउँदैछन्।​ फ्लिन अहिले भारत भ्रमणमा रहेका छन्।उनी भारतबाट आज अपरान्ह काठमाडौं आइपुग्ने नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए। आज उनी होटल हायातमा बस्ने छन्। ​ फ्लिनले शुक्रबार प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन्। शुक्रबार नै उनले प्रधानसेनापति प्रभुराम शर्मासँग जंगी अड्डामा भेटवार्ता गर्नेछन्।

त्यसपछि उले काठमाडौंस्थित अमेरिकी दूतावासले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन्।  उनी शुक्रबार बेलुका नै प्रधानसेनापति शर्माले आयोजनाको रात्रिभोजमा सहभागी हुनेछन्।

शनिबार बिहान उनीहरु हेलिकप्टरबाट माउन्टेन फ्लाइटमा जानेछन्। आइतबार बिहान उनी काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति सैनिक तालिम केन्द्र जानेछन्। त्यहाँ तालिम केन्द्रबारे उनलाई ब्रिफिङ गरिनेछ।  त्यसपछि उनलाई शिवपुरी लगिने प्रवक्ता सिलवालले जानकारी दिए।

शिवपुरीमा उनले नेपाली सेनाको कमाण्ड एण्ड स्टाफ कलेज शिवपुरीमा रहेका विद्यार्थीलाई सम्बोधन गर्ने छन्। शिवपुरीको भ्रमणपछि आइतबार बेलुका नै उनी स्वदेश फर्किने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका भ्रमणमा जाँदैछन्। त्यसको तयारीस्वरुप फ्लिनको भ्रमण हुनलागेको हो।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मलामी गएका दुई युवाको राप्ती नदीमा डुबेर मृत्यु

२६ जेष्ठ २०७९, बिहीबार ०२:४७
बाँके-राप्ती नदीमा मलामी गएका दुई जना युवकको डुबेर मृत्यु भएको छ।राप्ती पुल नजिकै नुहाउने क्रममा सिमिकोट गाउँपालिका वडा नम्बर ८ हुम्लाका १८ वर्षीय त्रिबल शाही र २१ वर्षीय लेखराज छत्यालको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। हिजो अपराह्न करिब साढे ४ बजे डुडुवा गाउँपालिका वडा नम्बर […]