१४ वर्षीया बालिका बलात्कृत

कर्णाली अनलाइन २६ कार्तिक २०७९, शनिबार २०:०७

काठमाडौं।१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङ सिद्धलेख गाउँपालिका-२ पात्ले घर भई हाल काठमाडौं महानगरपालिका-१५ भगवानपाउ बस्ने २० वर्षीय सुमन गिरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।

गिरीले ती बालिकालाई ललाई फकाई काठमाडौं महानगरपालिका-१५ स्वयम्भू स्तुपा जंगलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बझाङको पातादेवलनजिक केन्द्र बिन्दु बनाएर ५.४ रेक्टर स्केलको भूकम्प

२६ कार्तिक २०७९, शनिबार २०:०७
सुर्खेत।बझाङको पातादेबलनजिक केन्द्र बिन्दु बनाएर ५.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । शनिवार बेलुका ८ बजेर १२ मिनेटमा भूकम्प गएको केन्द्रका मुकुन्द भट्टराईले जानकारी दिए । पश्चिम नेपालका दैलेख, कालिकोट जुम्ला अछाम,बाजुरा ,डोटीलगायत जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको थियो ।