दुई तिहाइको मात लागेका ओलीलाई ठूलै आँट गरेर भुईंमा पछार्‍यौँ : नेपाल

कर्णाली अनलाइन १४ कार्तिक २०७८, आईतवार ०७:३६

विराटनगर : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले केपी ओलीलाई आफूहरूले आँट गरेर भुईंमा पछारेको बताएका छन्।शनिबार विराटनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बाेधन गर्दै उनले दुई तिहाइको मात लागेका सत्ताको घोडामा सवार केपी ओलीलाई आफूहरूको आँटले भुईंमा पछारिदिएको बताएका हुन्।

‘दुई तिहाइको मात लागेका ओलीलाई हामी आफैले आँट गरेर त्यो घोडामा सवार भएको वादशाहलाई भुँईंमा पछारिदिएका हौँ’, उनले भने, ‘आज केपी ओली भुईंमा पुगिरहेका छन्।’आफ्नो दल सत्तामा पुगेको दाबी गर्दै उनले भने, ‘सुदूरपश्चिम प्रदेशमा हाम्रो एकीकृत समाजवादी पार्टी एक नम्बरमा झण्डा फहराइरहेको छ, दाश्रोमा माओवादी र तेश्रोमा कांग्रेस। केपी ओलीको पार्टी त भुईँमा पछारिएको छ।’ उनले अब आउने चुनावमा नेकपा एमालेलाई टर्च बालेर खोज्नुपर्ने अवस्था आउने समेत दाबी गरे।

उनले बयलगाडावाला सोँच भएकाहरू मात्रै केपी ओलीको पक्षमा रहने बताए। क्रान्तिकारी र परिवर्तनकारी सोच भएकाहरू आफ्नो पार्टीमा आउने उनले दाबी गरे।‘केपी ओलीको पछि-पछि बयलगाडावाला मान्छे मात्रै जाने हुन,’ उनले भने, ‘क्रान्तिकारी सोच भएका मान्छे, क्रान्तिकारी र परिवर्तनकारी सोच भएका हामीसँग जोडिन्छन्।’

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सैनिक संस्थानमा एमबीबीएस पढ्दै गरेका विद्यार्थी सम्पर्कविहीन

१४ कार्तिक २०७८, आईतवार ०७:३६
काठमाडौँ ।काठमाडौँको सानोभर्‍याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा एमबीबीएस चौथो वर्षमा अध्ययनरत एक विद्यार्थी दुई महिनादेखि सम्पर्कविहीन छन्। दैलेखको गुराँस गाउँपालिका–२ बस्ने दानबहादुर शाहीका छोरा २४ वर्षीय राजेश शाही लामो समयदेखि बेपत्ता रहेका हुन्। उनी बेपत्ता भएको घटनाको खास कारण खुल्न सकेको छैन। काठमाडौँ महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक […]