ग्लोबल मनि विकको अवसरमा एनएमबी लघुबित्त जहरे शाखाद्धारा बित्तीय सारक्षरता सम्पन्न

दान खत्री १० चैत्र २०८१, आईतवार १७:३०

सुर्खेत।ग्लोबल मनि विक २०२५ को अवसरमा एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड जहरे शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

जिल्लाको भेरीगंगा नगरपालिका वडा न–८ मा रहेको एन्एमबी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय जहरेले ग्लोबल मनी विक २०२५   को “थिङ्क बिफर यु फलो, वाइज मनि टुमरो “भन्ने नारालाई आत्मसात गर्दै वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम भेरिगङ्गा नगरपालिका ९ चोखेमा आइतबार संचालन गरेको छ। उक्त कार्यक्रममा ६५ जना भन्दा बढी स्थानियको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा कर्जाको आवश्यकता ,बचत को प्रकार,बचत तथा कर्जाको फाईदा तथा बेफाइदा ,कर्जा लिदा ध्यान दिनुपर्ने पर्ने कुराहरु,कर्जा सदुपयोगिता,बिमा, सेवा ,पासबुकको प्रयोग , एम पासबुकको महत्त्व र फाईदा, नगद जम्मा भौचरको महत्त्व , केन्द्र प्रमुखको भुमिका तथा केन्द्र संचालन लगाएत विषयमा सचेतनामुलक कार्यक्रम गरिएको र कार्यक्रमले ग्राहक माझ वित्तीय चेतना बढेको उपस्थित स्थानियहरुले जानकारी दिए ।

उक्त कार्यक्रममा बित्तीय साक्षरताका बारेमा कर्णाली प्रदेशका अनुगमन अधिकृत बेद प्रसाद बेल्बासेले प्रशिक्षण दिनुभएको थियो भने  कार्यक्रमको सहजीकरण तथा सन्चालन जहरे शाखाका शाखा प्रमुख धनु तारामी मगरले गर्नुभएको थियो ।

शाखाले नगरपालिका वडा न. १,देखि १२ओटै वडा ,गुर्बाकोट नगरपालिका र लेकबेसी नगरपालिका करिब १ हजार३ सय घर धुरिलाई सेवा दिदै आएको यस एनएमबि लघुवित बित्तीय सस्था लि शाखा कार्यालय जहरेले उक्त ठाउँहरुमा आफ्नो कार्य क्षेत्र बनाएर कार्य गर्दै आएको छ ।

एनएमबि लघुवित्त वित्तिय संस्था लिमिटेडले मार्च १७ तारिख अर्थात (चैत ४) गतेदेखि मार्च २३ (चैत १०) गते सम्म देशैभरी वित्तिय साक्षरता कार्यक्रमहरु सञ्चालन गरी ग्लोबल मनि विक २०२५ भव्य रुपमा सम्पन्न गरेको छ ।एनएमबि लघुवित्तले सातैवटा प्रदेशका सम्पुर्ण व्यक्तिहरुमा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।यो विश्वव्यापी वित्तीय चेतनामूलक अभियान हालसम्म १७६ मुलुकका छ करोडभन्दा बढी बालबालिका र युवामाझ पुगिसकेको छ। नेपालमा यस वर्ष पनि नेपाल राष्ट्र बैंकले राष्ट्रिय संयोजकको भूमिका निर्वाह गर्दै ग्लोबल मनी विक मनाएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बार निर्वाचनमा सहभागी भएनन् २ हजार कानुन व्यवसायी

१० चैत्र २०८१, आईतवार १७:३०
काठमाडौँ । नेपाल बार एसोसिएसनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा दुई हजार १ कानुन व्यवसायीले मतदान गरेनन् । शुक्रबार बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म भएको मतदानमा देशभर जम्मा ७९.९६ प्रतिशत मत खसेको छ । बार निर्वाचन समितिका अनुसार देशभर नेतृत्व छनोटका लागि योग्य मतदाता संख्या ९ हजार ९९७ रहेको थियो […]