माइक्रोमा माेटरसाइकल ठाेक्किँदा थानकोटमा एक जनाकाे ज्यान गयाे

कर्णाली अनलाइन १३ फाल्गुन २०७८, शुक्रबार ०२:३२

काठमाण्डौ । काठमाण्डौको थानकोटमा गएराति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

गएराति ११ बजे चन्द्रागिरि नगरपालिका ७ मा सडक छेउमा रोकिराखेको बा २ ख ७०४९ नम्बरको माइक्रोमा प्रदेश ३–०२ ०११ प २९१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर ठोक्किँदा मोटरसाइकलका चालक २६ वर्षका आकाश रानाभाटको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार रानाभाटको उपचारका क्रममा राति साढे ११ बजे शहीद मेमोरियल अस्पताल कलङ्कीमा ज्यान गएको हो । उहाँको ठेगाना खुल्न बाँकी छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

देशका धेरैजसो ठाउँमा मौसम धुम्म बेलुका पानी पर्ने अनुमान

१३ फाल्गुन २०७८, शुक्रबार ०२:३२
काठमाण्डाै । अहिले देशका धेरैजसो ठाउँमा मौसम धुम्मिएको छ । पश्चिमी न्यून चापीय प्रणालीको  प्रभावका कारण आज बेलुकीपख धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन्। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, वाग्मती र प्रदेश-१ का धेरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो। यस्तै, आज उच्च […]