देशका धेरैजसो ठाउँमा मौसम धुम्म बेलुका पानी पर्ने अनुमान

कर्णाली अनलाइन १३ फाल्गुन २०७८, शुक्रबार ०२:४४

काठमाण्डाै । अहिले देशका धेरैजसो ठाउँमा मौसम धुम्मिएको छ । पश्चिमी न्यून चापीय प्रणालीको  प्रभावका कारण आज बेलुकीपख धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन्।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, वाग्मती र प्रदेश-१ का धेरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो।

यस्तै, आज उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात पनि हुने अनुमान छ।

राति पनि यी प्रदेशका धेरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने मौसमविद् महर्जनले बताउनुभयो । पश्चिमी न्यून चापीय प्रणालीको असर भोलिसम्म नै रहने छ । पर्सिदेखि भने मौसम सफा हुँदै जाने मौसमविद्ले बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्थानीय तह चुनावका लागि निर्वाचन आयोगमा अहिलेसम्म २९ वटा दल दर्ता

१३ फाल्गुन २०७८, शुक्रबार ०२:४४
काठमाण्डाै । स्थानीय तह चुनावका लागि निर्वाचन आयोगमा अहिलेसम्म २९ वटा दल दर्ता भएका छन्। पछिल्लो पटक थप १९ वटा राजनीतिक दलले आयोगमा निवेदन दिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो। यसअघि दश वटा राजनीतिक दलले निवेदन दिएका थिए। आयोगमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, […]