कर्णालीमा म्यादी प्रहरी भर्ना-७ हजार७१३ जनाका लागि २१ हजार२५४ को आवेदन

कुन जिल्लामा कति सूचीसहित

कर्णाली अनलाइन १४ चैत्र २०७८, सोमबार ०१:२२

सुर्खेत।बेरोजगारीको कारण सयौं युवाहरु कामको खोजीमा भौतारिएका छन् । युवा लक्षित कार्यक्रम सरकारले हरेक वर्ष ल्याउने गरेपनि बेरोजगारी युवाको पहुँच भन्दा बाहिर रहेको छ । बेरोजगारीको चरम संकटले आगामी स्थानीय तहको निर्वाचनका लागि आह्वान गरिएको म्यादी प्रहरीको दरवन्दीमा कोटाभन्दा धेरै युवाहरुले आवेदन दिएका छन् ।

कर्णालीका १० जिल्लामा झण्डै साढे सातहजार म्यादी प्रहरीका लागि आह्वान गरिएको हो । तर कर्णालीका २१ हजार २५४ जनाले म्यादी प्रहरीका लागि आवेदन दिएका छन् । आवेदन दिनेमा १६ हजार ८१८ जना पुरुष र चार हजार ४२६ जना महिला छन् ।

कर्णालीमा म्यादी प्रहरीको कोटा सात हजार ७१३ जना हो । १० जिल्लामध्य सुर्खेतमा सबैभन्दा धेरैले आवेदन दिएका छन् । सुर्खेतमा म्यादीको कुल दरवन्दी एक हजार २६१ जना हो । तर आवेदन भने पाँच हजार १७२ जनाले दिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यो संख्यामा पुरुष चार हजार ११३ र महिला एक हजार ५९ जना हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आईपीएल क्रिकेट : पञ्जाब किङ्ग्सकाे विजयी सुरुआत, बेङ्ग्लाेर ५ विकेटले पराजित

१४ चैत्र २०७८, सोमबार ०१:२२
काठमाडौँ। इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा पञ्जाब किङ्ग्सले विजयी सुरुआत गरेको छ । गएराति भएको खेलमा रोयल च्यालेञ्जर्स बेङ्ग्लाेरलाई ५ विकेटले हराउँदै पञ्जाब विजयी भएको हो ।टस हारेर पहिले ब्याटिङ गरेको बेङ्ग्लाेरले दिएको २ सय ६ रनको लक्ष्य पञ्जाबले १९ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । पञ्जाबका लागि शिखर धवन र […]