कर्णाली प्रदेश सरकारले प्रजातन्त्र दिवसको अवसरमा तीन दिनसम्म दिपावली गरेर मनाउने

कर्णाली अनलाइन ५ फाल्गुन २०७८, बिहीबार १४:५२

सुर्खेत ।कर्णाली प्रदेश सरकारले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाउने निर्णय गरेको छ ।मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बिहीबार बसेको बैठकले प्रजातन्त्र दिवसको अवसर पारेर शुक्रबारदेखि आइतबारसम्म विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारले तीन दिनसम्म हरेक साँझ प्रदेशस्थित सबै सरकारी कार्यालय, सार्वजनिक एवम् सामुदायिक संघ–संस्था, शैक्षिक प्रतिष्ठान तथा निकायमा दिपावली गर्ने निर्णय गरेको छ । यस्तै प्रदेशबासीहरुका घर–घरमा पनि दिवापली गरेर प्रजातन्त्र दिवसलाई भव्य बनाउन प्रदेश सरकारले अनुरोध गरेको छ ।

यस्तै प्रदेशस्थित सबै सरकारी कार्यालय, सार्वजनिक एवम् सामुदायिक संघ–संस्था, शैक्षिक प्रतिष्ठान तथा निकायहरुमा राष्ट्रिय झण्डा फहराउने निर्णय गरिएको प्रमुख सचिव राजकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै स्थानीय प्रशासनसँगको सहकार्यमा शनिबार वीरेन्द्रनगर–४ स्थित शहिदपार्कमा मुख्यमन्त्री, सरकारका मन्त्री, कर्मचारी र सरोकारवालाहरुको उपस्थितिमा सरसफाई कार्यक्रमको आयोजना गर्ने निर्णय पनि भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पलाँतामा सामुदायीक महिला स्वयमसेवीकासंग एक दिने रिफ्रेसर तालिम सम्पन

५ फाल्गुन २०७८, बिहीबार १४:५२
कालिकोट। जिल्लाको पलाँता गाँउपालिकामा विहिवार एक दिने सामुदायिक महिला स्वास्थ्य स्वयमसेवीकासंग रिफ्रेसर तालिम सम्पन भएको छ।पलाँता गाँउपालिका स्वास्थ्य शाखाको आयोजनामा उक्त रिफ्रेसर तालिम सञ्चालन गरिएको थियो। नौ वटा वार्ड रहेको पलाँता गाँउपालिकामा कार्यरत ३० जना महिला स्वयंसेवीकासंग सम्भावना र चुनौती विषयक अन्तरक्रिया संगै पुन ताजकी गरिएको छ । उक्त कार्यक्रममा […]