पलाँतामा सामुदायीक महिला स्वयमसेवीकासंग एक दिने रिफ्रेसर तालिम सम्पन

कर्णाली अनलाइन ५ फाल्गुन २०७८, बिहीबार १६:१०

कालिकोट। जिल्लाको पलाँता गाँउपालिकामा विहिवार एक दिने सामुदायिक महिला स्वास्थ्य स्वयमसेवीकासंग रिफ्रेसर तालिम सम्पन भएको छ।पलाँता गाँउपालिका स्वास्थ्य शाखाको आयोजनामा उक्त रिफ्रेसर तालिम सञ्चालन गरिएको थियो। नौ वटा वार्ड रहेको पलाँता गाँउपालिकामा कार्यरत ३० जना महिला स्वयंसेवीकासंग सम्भावना र चुनौती विषयक अन्तरक्रिया संगै पुन ताजकी गरिएको छ ।

उक्त कार्यक्रममा बोल्दै ‘पलाँता गाँउपालिका अध्यक्ष लक्ष्मण बहादुर बम (पलाती कान्छा)ले सुत्केरी महिलालाई नजिकको स्वास्थ्य संस्थामा लिएर नियमित स्वास्थ्य जाँच गराउने र सुत्केरी व्यथालागेको बखत सुत्केरीलाई स्वास्थ्य संस्थामा लिएर सुत्केरी गराए वाफत जनही रु ५०० स्वयंमसेविकाहरुलाई गाउँपालिकाले प्रोत्साहन भत्ताको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्क्त गरेका छन’।

अध्यक्ष बमले भने’ पलाँता गाउँपालिका सुत्केरीको स्वास्थ्य समवेदनशिलतामा पालिका सधैँ गम्भिर रहको र सवै सुत्केरीलाई नियमित स्वास्थ्य जाँच र स्वास्थ्य संस्थामै आएर बच्चा जन्माउन समेत प्रेरित गरेका छन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माछा मार्ने क्रममा करेन्ट लागेर दाजुभाइको मृत्यु

५ फाल्गुन २०७८, बिहीबार १६:१०
पाल्पा। जिल्लाको तिनाउ गाउँपालिकामा करेन्ट लागेर दाजुभाइको मृत्यु भएको छ। माछा मार्ने क्रममा तिनाउ–२ खुलखुलेका २० वर्षीय सुरज सुनार र उनका भाइ १४ वर्षीय राकेश सुनारको करेन्ट लागेर मृत्यु भएको हो।बिहीबार साँझ करिब ७ बजेको समयमा तिनाउ–२ स्थित दोभान खोलामा माछा मार्ने क्रममा दाजुभाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको […]