कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू भारी वर्षाकाे चेतावनी

कर्णाली अनलाइन ३१ भाद्र २०७९, शुक्रबार ०८:२५

सुर्खेत । आज देशभरको मौसममा सामान्यतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। राती लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू भारीदेखि धेरै भारी तथा तराई भू-भागका एक- दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

अति भारी वर्षाको सम्भावना रहेका पहाडी तथा भिरालो जमिनमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ। साथै यी स्थानमा नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सहनिर्देशकदेखि मिटर रिडरसम्म माग्यो विद्युत प्राधिकरणले कर्मचारी

३१ भाद्र २०७९, शुक्रबार ०८:२५
काठमाडाैँ- नेपाल विद्युत प्राधिकरणले ठूलो संख्यामा स्थायी कर्मचारी भर्ना गर्ने भएको छ।लोकसेवा आयोगबाट लिइने परीक्षाका लागि प्राधिकरणले शुक्रबार दरखास्त आह्वान गरेको छ। प्राधिकरणले सह-निर्देशकदेखि मिटर रिडरसम्मको माग गरेको छ। प्राधिकरणले एक सहनिर्देशक, तीन प्रबन्धक, तीन उपनिर्देशक, दुई उपप्रबन्धक,एक चार्टट अकान्टेन्ट र दुई सहायक प्रबन्धक मागेको छ।योग्यता पुगेका उम्मेदवारले असोज २० […]

सम्बन्धित शीर्षक