काठमाडाैँ।सरकारले आगामी असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न स्वीकृति नदिने भएको छ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागले सूचना जारी गरी वर्षायाममा सडक खन्दा बिग्रिने बताउँदै स्वीकृति नदिने जनाएकाे हाे।संघले विभिन्न प्रयाेजनका लागि बाटाे खन्दा तत्काल मर्मत सम्भार गर्न नसकिने र कसैले जबरजस्ती खनेमा कारबाही गरिने पनि बताएकाे छ।
‘वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जान्छ। त्यसैले यही २०७९ साल असार १ गतेदेखि २०७९ साल भदौ मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने र कसैले जबरजस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने व्यहाेरा सम्बन्धित सबैकाे जानकारीका लागि याे सूचना प्रकाशित गरिएकाे छ’, सूचनामा भनिएकाे छ।