कोसीका मुख्यमन्त्री थापाविरुद्धको मुद्दा न्यायाधीश खतिवडाको इजलासमा

कर्णाली अनलाइन ७ भाद्र २०८०, बिहीबार १२:१४

काठमाडौं।एमाले कोशी प्रदेशले विश्वासको मतविरुद्ध दायर गरेको रिटको पेशीमा बिहीबार सुनुवाइ हुँदैछ।न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा आज सुनुवाइ हुन लागेकाे हाे।

मुख्यमन्त्री उद्धव थापाले गैर-संवैधानिक तरिकाले विश्वासको मत लिएको भन्दै नेकपा एमालेले थापा नेतृत्वको सरकार खारेजीको अन्तरिम आदेशको माग गर्दै रिट दर्ता गरेकाे हाे।

कोसी सरकारका पूर्वमुख्यमन्त्रीसमेत रहेका नेकपा एमाले संसदीय दलका नेता हिकमतकुमार कार्कीले रिट दायर गरेका हुन्।

मुख्यमन्त्री थापाले संविधान विपरीत र प्रचलित कानुन विपरीत विश्वासको मत लिने बेला सभाध्यक्ष रहेका इस्राइल मन्सुरीलाई मतदान गराएर गैर संवैधानिक तरिकाले विश्वासको मत प्राप्त गरेको एमालेका कार्कीको जिकिर छ।

यसअघि पनि सभामुखको मतसमेत जोडेर थापा मुख्यमन्त्री भएपछि एमाले सर्वोच्च पुगेको थियो। सो निर्णयलाई सर्वोच्चले खारेज गरिदिएपछि थापाले सभामुख बाबुराम दाहाललाई राजीनामा गराएर पुनः मुख्यमन्त्री नियुक्त भएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बारा बस दुर्घटना : मृतक सातै जनाको सनाखत

७ भाद्र २०८०, बिहीबार १२:१४
काठमाडौँ।  बारामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस आज बिहान २ बजे बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ पूर्वपश्चिम लोकराजमार्गको चुरियामाई नजिक दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन नसकेको  प्रहरी प्रवक्ता प्रहरी नायव […]

सम्बन्धित शीर्षक