दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु

कर्णाली अनलाइन ९ असार २०८०, शनिबार २०:५१

दाङ।दाङमा चट्याङले लागेर दुई जनाको मृत्यु भएको छ। दंगीशरण गाउँपालिका–३ का ३७ वर्षीय वीरेन्द्र भनिने रामनारायण चौधरी र वडा नं. ६ का ३२ वर्षीय शमिर केसीको चट्याङबाट मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार चौधरीको शनिबार साँझ ६ बजेर ४० मिनेट जाँदा र केसीको पौने ६ बजेतिर उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो।

चौधरीलाई खेतबारीबाट तरकारी टिपेर फर्किँदै गर्दा र केसीलाई खेतमा काम गरिरहेको समयमा शनिबार अपराह्न चट्याङ लागेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली प्रदेश मामिला सभापति खड्का सवार गाडी दुर्घटना,कसरी हुन गयो रहस्यमय घटना?

९ असार २०८०, शनिबार २०:५१
सुर्खेत । नेकपा एकीकृत समाजवादीकी सांसद एवं कर्णाली प्रदेश सभा प्रदेश मामिला समितिका सभापति कल्याणी खड्का सवार गाडी दुर्घटनामा परेको छ। कर्णाली प्रदेश ०२–००१ झ ००४४ नम्बरको गाडी रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३ घारीपाखामा दुर्घटनामा परेको रुकुम प्रहरीले जनाएको छ।दुर्घटनामा परी सांसद खड्कासहित नौ जना घाइते भएका छन्।   जिल्ला प्रहरी कार्यालय […]