कर्णाली प्रदेश मामिला सभापति खड्का सवार गाडी दुर्घटना,कसरी हुन गयो रहस्यमय घटना?

कर्णाली अनलाइन ९ असार २०८०, शनिबार २१:०५

सुर्खेत । नेकपा एकीकृत समाजवादीकी सांसद एवं कर्णाली प्रदेश सभा प्रदेश मामिला समितिका सभापति कल्याणी खड्का सवार गाडी दुर्घटनामा परेको छ।

कर्णाली प्रदेश ०२–००१ झ ००४४ नम्बरको गाडी रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३ घारीपाखामा दुर्घटनामा परेको रुकुम प्रहरीले जनाएको छ।दुर्घटनामा परी सांसद खड्कासहित नौ जना घाइते भएका छन्।

 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख नमराज भट्टराईका अनुसार घाइते हुनेमा चौरजहारी नगरपालिका –७ का २७ वर्षीय हुकुम विसी, ४१ वर्षीय विनिता गुरुङ, ५१ वर्षीय सिता विक, ५५ वर्षीय सुगन्धा मल्ल, ५७ वर्षीय मदन खड्का, ५५ वर्षीय ललिता गुरुङ, ३९ वर्षीय युवराज गिरी र ३५ वर्षीय नैनसरा विक रहेका छन् ।

गाडी चौरजहारी बजारबाट कोटजहारी जाँदै गर्दा अनियन्त्रित भई सडकबाट ४ मिटर तल खसेको भट्टराईले जानकारी दिए। घाइतेहरुको मिसन अस्पताल चौरजहारीमा उपचार भइरहेको उनको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मौसम पूर्वानुमान महाशाखा:कर्णाली सहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

९ असार २०८०, शनिबार २१:०५
काठमाडौँ । हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी र मधेस प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू-भागमा सामान्य देखि पूर्णतया बदली रहेको छ । बिहान लुम्बिनी, कर्णाली गण्डकी प्रदेशमा हल्कादेखि मध्यम […]