गठबन्धन टुट्दैन,पत्रिकामा अनेक समाचार सुनेर कतिपयको दिमाग खराब हुने गरेको छ : अध्यक्ष नेपाल

कर्णाली अनलाइन १९ माघ २०७८, बुधबार ११:१६

काठमाडौँ। सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन सरकार पूरा समय टिक्ने दाबी गर्नुभएको छ । आज बुधवार नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वत्नत्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन नटुट्ने दाबी गर्नुभएको हो । उहाँले गठबन्धन टुटाउने प्रयास भइरहेको भए पनि गठबन्धन सरकारलाई टुट्न नदिने र जेठमा हुने स्थानीय तहको चुनावमा गठबन्धन सरकारले मिलेर प्रतिस्पर्धा गर्ने बताउनुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘हामी जनताका निम्ति राजनीति गरेका छौँ । समाजवादको यात्रामा अघि बढिरहेका छौँ । पाँच दलीय गठबन्धन निर्माण गरेका छौँ । दिनदिनै पत्रिकामा अनेक समाचार सुनेर कतिपयको दिमाग खराब हुने गरेको छ । दिमाग खराब गर्ने काम नगराउनुस् । यो गठबन्धन टुट्नेवाला छैन । कसैले टुटाउन खोजे पनि गठबन्धन टुट्नेवाला छैन । पत्रपत्रिकामा आएको समाचारको बारेमा पनि सत्य कुरा के हो भनेर पनि छलफल गरेका छौँ ।

तर मनगढन्ते कुराहरू धेरै आएका रहेछन् । यी सबै कुरामा कुनै पनि सत्यता छैन । यो गठबन्धनलाई बलियो बनाएर लानुपर्छ भनेर प्रतिबद्धता जनाएका छौँ । जनताको भावनालाई पनि सम्मान गर्ने र नेपालको हितलाई केन्द्रविन्दुमा राखेर सबैसँग राम्रो सम्बन्ध बढाउने सोच, नीति अवलम्बन गर्दै आएका छौँ । यही सन्दर्भमा तपाईँहरूलाई थाहा छ, हामीले एकपछि अर्को महत्त्वपूर्ण सफलता पनि हासिल गरिरहेका छौँ । संविधान जोगाएका छाैँ । लोकतन्त्र बचाएका छौँ । सङ्घीयताको रक्षा गरेका छौँ । देश अब गठबन्धनको राजनीतिमा अघि बढ्ने भएकाले त्यसपछिका दिनमा पनि गठबन्धनका विभिन्न स्वरूप देख्नेछौँ ।’

अध्यक्ष नेपालले आज प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलमा गठबन्धनलाई बलियो बनाएर लैजाने प्रतिबद्धता भएको पनि बताउनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च

१९ माघ २०७८, बुधबार ११:१६
काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च भएको छ । नेपाल आयल निगमले गए रातिदेखि लागू हुने गरी पेट्रोलको प्रतिलिटर एक सय ४२ रुपैयाँ तथा डिजल र मट्टीतेलको एक सय २५ रुपैयाँ मूल्य कायम गरेको छ । डिजल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ बढेको हो । २०७० साल […]