मंगलवार (आज) सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने तयारी

कर्णाली अनलाइन १० जेष्ठ २०७९, मंगलवार ०५:४३

काठमाडौँ।संघीय सरकारले आगामी आर्थिक वर्ष ०७/८० को नीति तथा कार्यक्रम ल्याउँदैछ।राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ।

संवैधानिक व्यवस्थाअनुसार हरेक वर्षको १५ जेठमा संघीय सरकारको बजेट प्रस्तुत गर्ने समय निर्धारण गरिएको छ।नयाँ बजेटभन्दा कम्तीमा पनि एक साताअघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने भएपनि चुनावका कारण केही ढिलाइ भएको सरकारी दाबी छ।

नीति तथा कार्यक्रमलाई आधार मानेर सरकारले नयाँ बजेट प्रस्तुत गर्ने गर्छ।अर्थ मन्त्रालय अहिले बजेटको अन्तिम तयारीमा छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भूमिहीन र अव्यवस्थित बसोबासको समस्या दुई वर्षभित्र समाधान गर्ने सरकारको लक्ष्य

१० जेष्ठ २०७९, मंगलवार ०५:४३
काठमाडौँ।सरकारले दुई वर्षभित्र भूमिहीन र अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने घोषणा गरेको छ।संघीय संसदको बैठकमा नीति तथा कार्यक्रम पेश गर्दै मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वर्षभित्र भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने बताएकी हुन्। मुक्त कमैया र मुक्त हुन बाँकीहरुका लागि स्थानीय तहले रोजगारी र क्षमता विकासका कार्यक्रम सञ्चालन […]