काठमाडौँ । सर्वोच्च अदालतले रवि लामिछाने नेपाली नागरिक नरहेको ठहरसहितको फैसला सुनाएको छ ।
लामिछानेले अमेरिकी नागरिकता (ग्रिन कार्ड) त्यागेपछि नेपाली नागरिकता लिन आवेदन नै नदिएकोले उनी नेपाली नागरिक नदेखिएको अदालतले फैसलामा जनाएको छ । उनले नेपाली नागरिक नभई निर्वाचनमा उम्मेदवार बनेको र जितेर सांसद बनेकोले उनको सांसद पद समेत खारेज हुने फैसला अदालतले गरेको छ ।