एनएमवि लघुवित्तद्धारा ईलाका प्रहरी कार्यालय पकलीलाई थ्री सिटर चियर हस्तान्तरण

कर्णाली अनलाइन १९ कार्तिक २०८२, मंगलवार १८:०३

सुर्खेत। ईलाका प्रहरी कार्यालय पकली सुनसरीलाई एनएमबी लघुबित्त बित्तीय संस्था लिमिटेडको केन्द्रिय कार्यालय पोखरा –८ न्युरोड , कास्की द्रारा प्रादेशिक कार्यालय इटहरी मार्फत थ्री सिटर चियर हस्तान्तरण गरेको छ । संस्थाको प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्व अन्तरगत ईलाका प्रहरी कार्यालय पकलीलाई २ थान थ्री सिटर चियर हस्तान्तरण गरेको हो ।भदौं २४ गते भएको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको ईलाका प्रहरी कार्यालयलाई सेवाग्राही बस्न सहजताका लागी संस्थाले सहयोग गरेको हो ।

ईलाका प्रहरी कार्यालयलाई थ्री सिटर चियर २ थान सहयोग गरेको बित्तीय संस्थाका कर्मचारी प्रदेश प्रमुख सुरेश कार्कीले जानकारी दिनुभयो। बित्तीय संस्थाको कर्मचारी प्रदेश प्रमुख सुरेश कार्की , क्षेत्रीय प्रमुख तिर्थराज राई , लबिपुर शाखाका शाखा प्रमुख धिरज कुमार झा , कर्मचारी रमेश खड्का र सुजता श्रेष्ठको उपस्थितिमा ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्जिब ओलीलाई सोमबार २ थान थ्री सिटर चियर सहयोग हस्तान्तरण गरेको बित्तीय संस्थाका प्रदेश प्रमुख सुरेश कार्कीले जानकारी दिनुभयो ।

जेनजी आन्दोलनका क्रममा सुनसरीेका २८ सरकारी तथा निजी संरचनामा क्षति पुगेको प्रारम्भिक विवरण छ । इटहरी उपमहानगरपालिका भवन, इनरुवा, दुहवी, भोक्राहा नरसिंह, कोशी सहितका स्थानीय तह र वडा कार्यालाय भवन, इलाका प्रहरी कार्यालय इटहरी र पकली तथा विभिन्न स्थानीय तहका जनप्रतिनिधिको घरहरूमा तोडफोड र आगजनी भएको थियो । सुनसरीको प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *